उपत्यकाका २४ स्वास्थ्य संस्थाबाट १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप दिइँदै
काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षमाथि खोप नलगाएकालाई सबैलाई चाडै खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले बिहान १० बजेदेखि ३ बजेसम्म सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, सहिद मेमोरियल अस्पताल, लोट्से भवन नयाँ बसपार्क, वीर अस्पताल, वयोधा अस्पताल, निजामति कर्मचारी अस्पताल र एपेक्स पोलीक्लिनिकबाट कोरोनाविरुद्धको खोप केन्द्रमा पुगेर लगाउन आग्रह गरेको छ ।
यस्तै ललितपुर जिल्लामा ललितपुर महानगरपालिका भित्र पाटन अस्पताल, छवा बहाल जनस्वास्थ्य शाखा र सैबु स्वस्थ्य चौकीबाट कोरोनाविरुद्धको खोप दिइने छ । यस्तै, गोदावरी नगरपालिकामा भने बज्राबाराही चापागाउँ अस्पताल, बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, लेले प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
महालक्ष्मी नगरपालिकाको लुभु प्राथमिक स्वास्थ्य केन्द्र, इमाडोल स्वास्थ्य चौकीबाट १८ वर्षभन्दा माथिका उमेर समूहमा खोप लगाउन छुटेका सबैलाई तत्काल लगाउन आग्रह मन्त्रालयको आग्रह छ । बागमती गाउँपालिकामा भने भट्टेडाँडा स्वास्थ्यचौकी, कोन्जोसोम गाउँपालिकाको चौघरे स्वास्थ्यचौकी र महांकाल गाउँपालिकाबाट गाटिखेल स्वास्थ्य चौकीबाट खोप पाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १८ वर्ष भन्दा माथिका खोप नलगाएका सबै जना र गर्भवती भएको ३ महिना नाघेका महिलाहरुलाई खोप लगाउन आग्रह गरेको छ ।
भक्तपुरको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा बुधबार र शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्म दिइनेछ । यस्तै ख्वप अस्पतालमा बिदाको दिन बाहेक प्रत्येक दिन बिहान १० बजेदेखि १ बजेसम्म दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?