उपत्यकाका २४ स्वास्थ्य संस्थाबाट १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप दिइँदै
काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षमाथि खोप नलगाएकालाई सबैलाई चाडै खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले बिहान १० बजेदेखि ३ बजेसम्म सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, सहिद मेमोरियल अस्पताल, लोट्से भवन नयाँ बसपार्क, वीर अस्पताल, वयोधा अस्पताल, निजामति कर्मचारी अस्पताल र एपेक्स पोलीक्लिनिकबाट कोरोनाविरुद्धको खोप केन्द्रमा पुगेर लगाउन आग्रह गरेको छ ।
यस्तै ललितपुर जिल्लामा ललितपुर महानगरपालिका भित्र पाटन अस्पताल, छवा बहाल जनस्वास्थ्य शाखा र सैबु स्वस्थ्य चौकीबाट कोरोनाविरुद्धको खोप दिइने छ । यस्तै, गोदावरी नगरपालिकामा भने बज्राबाराही चापागाउँ अस्पताल, बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, लेले प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
महालक्ष्मी नगरपालिकाको लुभु प्राथमिक स्वास्थ्य केन्द्र, इमाडोल स्वास्थ्य चौकीबाट १८ वर्षभन्दा माथिका उमेर समूहमा खोप लगाउन छुटेका सबैलाई तत्काल लगाउन आग्रह मन्त्रालयको आग्रह छ । बागमती गाउँपालिकामा भने भट्टेडाँडा स्वास्थ्यचौकी, कोन्जोसोम गाउँपालिकाको चौघरे स्वास्थ्यचौकी र महांकाल गाउँपालिकाबाट गाटिखेल स्वास्थ्य चौकीबाट खोप पाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १८ वर्ष भन्दा माथिका खोप नलगाएका सबै जना र गर्भवती भएको ३ महिना नाघेका महिलाहरुलाई खोप लगाउन आग्रह गरेको छ ।
भक्तपुरको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा बुधबार र शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्म दिइनेछ । यस्तै ख्वप अस्पतालमा बिदाको दिन बाहेक प्रत्येक दिन बिहान १० बजेदेखि १ बजेसम्म दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण