शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभापतिमा शेखरको नारा : ‘एक पटक यसै पटक’

बिहीबार, २३ मङ्सिर २०७८, १७ : २४
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १४औँ महाधिवेशनमा सभापतिका लागि प्रचार सुर गरेका छन् । संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान छेडेका छन् ।

संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकाङ्क्षी छन् । मंगलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफलमा जुटेको जुट्यै छ । बिहीबारसम्म पनि सहमतिका लागि छलफल भएको थियो । तर, कुनै निकास निस्कन सकेको छैन ।

प्रकाशमान र शेखरबीच सहमति हुन नसक्दा नेता पौडेल चिन्तित बनेका छन् । तीनैजना आजको केन्द्रीय समिति बैठकमा समेत उपस्थित भएनन् । प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेको बताएपछि शेखरले पनि सभापतिको उम्मेदवारी दिने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप