अनि मेरो राजनीतिक जीवन सफल भएको ठान्नेछु...
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले पार्टीमा क्रियाशील भएर यसमार्फत जनताको जीवनमा बदलाव ल्याउने कुरा महत्त्वपूर्ण भएको बताएका छन् । आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै उनले जनताको जीवनमा बदलाव ल्याउन सके आफ्नो राजनीतिक जीवन सफल भएको ठान्ने बताएका हुन् ।
उनले भने, ‘म पार्टीको महामन्त्री हुन्छु हुन्न थाहा छैन । पार्टीको राजनीतिक यात्रा पदीय जिम्मेवारीको हिसाबले कहाँ गएर टुङ्गिन्छ त्यो पनि मलाई थाहा छैन । जहाँ गएर टुङ्गियोस् तर अबको १०–१५ वर्ष पार्टीको क्रियाशील सदस्य भएर काम गर्छु ।’
‘१०–१५ वर्ष काम गरेर मेरा २०–२१ वर्षका छोरीहरूलाई लिएर काठमाडौँ या नेपालका कुनै कुनामा घुम्दै गर्दा परबाट कसैले मायाले जय नेपाल भनेर भन्दियोस् । मलाई यति मात्र भए पुग्छ । त्यहाँ कुनै नेपाली नागरिकले माया र सम्मान दिए पुग्छ,’ थापाले भने, ‘मेरो छोरीहरूलाई लागोस् कि मेरो बा जुन पार्टीमा बसेर काम गरे त्यो कामले कहीँ न कहीँ हामीलाई टेक्ने आधार एउटा बनाइ दियो । यति भइदियो भने म आफ्नो राजनीतिक जीवन सफल भएको ठान्नेछु ।’











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण