नेप्सेमा एक्कल अंकको गिरावट, कारोबार दुई अर्ब ६७ करोड मात्रै
बिहीबार, २३ मङ्सिर २०७८, १६ : ०७
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एक्कल अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक थप ५.८४ अंकले घट्दै २४ सय ४९.९७ विन्दुमा झर्न पुगेको हो । गत बुधबार नेप्से अधिकतम ७३ अंकले घटेको थियो ।
नेप्सेका अनुसार यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा भने झिनो (०.४३ अंकको) सुधार हुँदै ४६५.२३ विन्दुमा अडिएको छ । यसदिन होटल तथा पर्यटन, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट उप समूहबाहेक सबै जसो उपसमूहहरु ऋणात्मक भएका छन् ।
५ अंक माथिले बजार घट्दा आज दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका सेयर धनीहरुले अधिकतम ४.५५ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५.८२ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण