नेप्सेमा एक्कल अंकको गिरावट, कारोबार दुई अर्ब ६७ करोड मात्रै
बिहीबार, २३ मङ्सिर २०७८, १६ : ०७
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एक्कल अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक थप ५.८४ अंकले घट्दै २४ सय ४९.९७ विन्दुमा झर्न पुगेको हो । गत बुधबार नेप्से अधिकतम ७३ अंकले घटेको थियो ।
नेप्सेका अनुसार यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा भने झिनो (०.४३ अंकको) सुधार हुँदै ४६५.२३ विन्दुमा अडिएको छ । यसदिन होटल तथा पर्यटन, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट उप समूहबाहेक सबै जसो उपसमूहहरु ऋणात्मक भएका छन् ।
५ अंक माथिले बजार घट्दा आज दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका सेयर धनीहरुले अधिकतम ४.५५ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५.८२ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिईएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश