शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लमजुङमा जिप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते (अपडेट)

बिहीबार, २३ मङ्सिर २०७८, १४ : २७
बिहीबार, २३ मङ्सिर २०७८

लमजुङको मर्स्याङ्दी  गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । 

मर्स्याङ्दी  गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । 

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  
मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् । 

घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन्  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप