सुदूरपश्चिमबाट ४१९ प्रतिनिधि काठमाडौं आउँदै, देउवा पक्ष हावी (नामावलीसहित)
नेपाली काँग्रेसको शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनमा सुदूरपश्चिमबाट ४१९ जना महाधिवेशन प्रतिनिधि काठमाडौं आउने भएका छन् । काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशबाट ४१८ जना महाधिवेशन प्रतिनिधि काठमाडौंमा हुने महाधिवेशनमा सहभागी हुने निश्चित भएको हो ।
देउवाको गृह प्रदेश भएको तथा रमेश लेखक, एनपी साउदजस्ता हस्तीसमेतको प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा देउवा पक्ष हावी रहेको बताइन्छ । उसो त अघिल्लो साता भएको प्रदेश अधिवेशनमा देउवा पक्षले नै नेतृत्वसहितको पदाधिकारीमा क्लिन स्वीप गरेको थियो ।
निर्वाचन समितिका अनुसार कञ्चनपुरबाट ७९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । यस्तै देउवाको गृहजिल्ला डडेलधुराबाट २६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । जसमा देउवाको नाम समेत समावेश छ । केन्द्रीय समितिका सबै पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने भएपनि देउवा भने डडेलधुराबाटै अनुमोदित भएर आएका हुन् ।
यस्तै यस्तै बैतडीबाट २७, दार्चुलाबाट २७ सहभागी हुने निश्चित भएको छ भने कैलालीका ५ निर्वाचन क्षेत्रबाट १३० जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । यस्तै डोटीबाट २६, बझाङबाट २६, अछामबाट ५२, बाजुराबाट २६ प्रतिनिधि सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण