सुदूरपश्चिमबाट ४१९ प्रतिनिधि काठमाडौं आउँदै, देउवा पक्ष हावी (नामावलीसहित)

नेपाली काँग्रेसको शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनमा सुदूरपश्चिमबाट ४१९ जना महाधिवेशन प्रतिनिधि काठमाडौं आउने भएका छन् । काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशबाट ४१८ जना महाधिवेशन प्रतिनिधि काठमाडौंमा हुने महाधिवेशनमा सहभागी हुने निश्चित भएको हो ।
देउवाको गृह प्रदेश भएको तथा रमेश लेखक, एनपी साउदजस्ता हस्तीसमेतको प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा देउवा पक्ष हावी रहेको बताइन्छ । उसो त अघिल्लो साता भएको प्रदेश अधिवेशनमा देउवा पक्षले नै नेतृत्वसहितको पदाधिकारीमा क्लिन स्वीप गरेको थियो ।
निर्वाचन समितिका अनुसार कञ्चनपुरबाट ७९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । यस्तै देउवाको गृहजिल्ला डडेलधुराबाट २६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । जसमा देउवाको नाम समेत समावेश छ । केन्द्रीय समितिका सबै पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने भएपनि देउवा भने डडेलधुराबाटै अनुमोदित भएर आएका हुन् ।
यस्तै यस्तै बैतडीबाट २७, दार्चुलाबाट २७ सहभागी हुने निश्चित भएको छ भने कैलालीका ५ निर्वाचन क्षेत्रबाट १३० जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । यस्तै डोटीबाट २६, बझाङबाट २६, अछामबाट ५२, बाजुराबाट २६ प्रतिनिधि सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल