आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश : कुन जिल्लाबाट कति आउँदैछन् महाधिवेशन प्रतिनिधि (सूचीसहित)

बिहीबार, २३ मङ्सिर २०७८, १३ : ३३
बिहीबार, २३ मङ्सिर २०७८

लुम्बिनी प्रदेशबाट काँग्रेसको १४ औं महाधिवेशनमा ६८३ प्रतिनिधिले भाग लिने भएका छन् । काँग्रेस निर्वाचन समितिका अनुसार गुल्मी र पाल्पाबाट ५३–५३ जना सहभागी हुने निश्चित भएको छ । यस्तै अर्घाखाँचीबाट २६, नवलपरासीबाट ५२ तथा रुपन्देहीका ५ निर्वाचन क्षेत्रबाट गरी कुल १३१ जना प्रतिनिधि सहभागी हुनेछन् ।

यस्तै कपिलवस्तुबाट ७७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने रुकुम पूर्वबाट २६, रोल्पाबाट २७, प्युठानबाट २७ जना प्रतिनिधि सहभागी हुनेछन् ।

यसैगरी दाङबाट ७९ जना, बाँकेबाट पनि ७९ तथा बर्दियाबाट ५३ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । लुम्बिनी प्रदेशमा गएको प्रदेश निर्वाचनमा पौडेल समूह विजयी भएको थियो भने संस्थापन र इतर पक्षका प्रतिनिधिहरू सराबरी रहेको बताइन्छ ।
नामावली हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप