शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

विवाद नसुल्झिएको प्रदेश २ बाट कति आउँदैछन् महाधिवेशन प्रतिनिधि (सूचीसहित)

बिहीबार, २३ मङ्सिर २०७८, १३ : ०९
बिहीबार, २३ मङ्सिर २०७८

प्रदेश २ बाट नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा ७०५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । यस्तै महोत्तरी क्षेत्र नम्बर ३ तथा सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रको प्रतिनिधि सूची भने प्राप्त भइनसकेको काँग्रेस निर्वाचन समितिले जनाएको छ । प्रदेश २ मा सुरुदेखि नै विभिन्न जिल्लामा अधिवेशन गर्ने सम्बन्धमा विवाद रहेको थियो भने विवादकै कारण प्रदेश अधिवेशन समेत स्थगित गरिएको थियो ।

प्रदेश २ काँग्रेस सभापतिका उम्मेदवार विमलेन्द्र निधिको गृहजिल्ला समेत हो । निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार सप्तरीका ४ वटा निर्वाचन क्षेत्रबाट १०४ प्रतिनिधि सहभागी हुनेछन् भने सिरहाको ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि सहभागी हुनेछन् ।

यस्तै धनुषाबाट पनि १०४ जनाको सहभागिता रहने भएको छ भने महोत्तरीबाट पनि १०४ जनाकै सहभागिता रहनेछ । यस्तै रौतहटबाट ८१, बाराबाट १०४ र पर्साबाट १०३ जना प्रतिनिधि चयन भएका छन् ।
सूची हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप