विवाद नसुल्झिएको प्रदेश २ बाट कति आउँदैछन् महाधिवेशन प्रतिनिधि (सूचीसहित)

प्रदेश २ बाट नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा ७०५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । यस्तै महोत्तरी क्षेत्र नम्बर ३ तथा सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रको प्रतिनिधि सूची भने प्राप्त भइनसकेको काँग्रेस निर्वाचन समितिले जनाएको छ । प्रदेश २ मा सुरुदेखि नै विभिन्न जिल्लामा अधिवेशन गर्ने सम्बन्धमा विवाद रहेको थियो भने विवादकै कारण प्रदेश अधिवेशन समेत स्थगित गरिएको थियो ।
प्रदेश २ काँग्रेस सभापतिका उम्मेदवार विमलेन्द्र निधिको गृहजिल्ला समेत हो । निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार सप्तरीका ४ वटा निर्वाचन क्षेत्रबाट १०४ प्रतिनिधि सहभागी हुनेछन् भने सिरहाको ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि सहभागी हुनेछन् ।
यस्तै धनुषाबाट पनि १०४ जनाको सहभागिता रहने भएको छ भने महोत्तरीबाट पनि १०४ जनाकै सहभागिता रहनेछ । यस्तै रौतहटबाट ८१, बाराबाट १०४ र पर्साबाट १०३ जना प्रतिनिधि चयन भएका छन् ।
सूची हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?