आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा मृतक परिवारलाई ८ लाख नगद हस्तान्तरण

बिहीबार, २३ मङ्सिर २०७८, ११ : ४५
बिहीबार, २३ मङ्सिर २०७८

सिटिजन्स बैंकले आफ्ना सेवाग्राही ग्राहकको मृत्युमा आफन्त परिवारजनलाई ८ लाखभन्दा बढी नगद हस्तान्तरण गरेको छ । बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा मृतकको श्रीमान् जब्बर अली तेली लाई तीन लाख ६५ हजार ७७४ रुपैयाँ ६० पैसा र अर्का ग्राहक फूलमति कोरीको मृत्युमा मृतकका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १२२ रुपैयाँ ५८ पैसा नगद हस्तान्तरण गरेको हो । 

उक्त रकम सिटिजन्स बैंकका  प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंसिर २१ गते एक कार्यक्रमका बीच हस्तान्तरण गरे । लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्च सहित बैंकले विमा कम्पनीमा रकम दावी गरि सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । 

सिटिजन्स बैंक इन्टरनेशनल लि.ले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स बैंकको देशैभरी १७४ वटा शाखा कार्यालय,  १२३ वटा ए.टि.एम. र ११४ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिव १२ लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप