‘ओलीले स्विच थिचेर पाँच सय अस्पताल उद्घाटन गरे, जग्गा खोज्न बल्ल सुरु हुँदैछ’
कोरोना भाइरस (कोभिड¬–१९) विरुद्धको नयाँ भरियन्ट ओमिक्रोन पुष्टि भएको छोटो अवधिमा विश्वका ३५ भन्दा बढी देशमा देखापरेका छ । ओमिक्रोन भेरियन्टको सङ्क्रामक र घातकताबारे अध्ययन भइरहेको छ । यद्यपि विज्ञहरूले सङ्क्रमक तथा घातक हुने हो कि भनेर शङ्का गरिरहको छन् । नेपालमा पनि मङ्सिर १९ गते दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भयो । छिमेकी देश भारतका विभिन्न राष्ट्रमा ओमिक्रोन भेरियन्ट सङ्क्रमित पुष्टि भएका समाचारहरू सार्वजनिक भएका छन् । यस्तो अवस्थामा नेपाल सरकारले सङ्क्रमण फैलन नदिनका लागि केके गरिरहेको छ ? बुस्टर खोप कहिलेदेखि कसकसले पाउँछन् ? कोरोनाविरुद्धको खोप बालबालिकाले कहिलेदेखि पाउँछन् ? किन अपेक्षित रूपमा कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्रमा जनता पुगेनन् ? भन्नेबारे माया श्रेष्ठले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग गरेको कुराकानी :
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोन भेरियन्ट सङ्क्रमितहरू बढिरहेको अवस्थामा यस भेरियन्टलाई फैलिन नदिन स्वास्थ्य मन्त्रालय के गरिरहेको छ ?
अघिल्ला महामारीसँग जुध्दाका अनुभव नेपालसँग छन् । कोरोना भाइरसबाट उत्परिवतर्नन भएर आएका जुनसुकै भरियन्टबाट बच्नका लागि अनिवार्य मास्कको प्रयोग, नियमित हातको सरसफाइ, सामाजिक दूरी कायम नगर्ने, भिडभाड नगर्ने नै हो । जनस्वास्थ्यका मापदण्ड होसियारीपूर्वक पालना गर्नु नै सजक हुनु हो । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भए पनि सजक हुँदै संयन्त्रहरूलाई परिचालन गरेका छौँ । नयाँ भेरियन्ट देखिएपछि नौ देशमा हवाई उडानहरू बन्द गरेका छौँ । ती देशबाट ट्रान्जिट भएर आउने यात्रुहरूको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आए पनि आइसोलेसनमा ७ दिन राखेर पुनः परीक्षण गर्दा पुनः नेगेटिभ नतिजा आएपछि बाहिर जान दिएका छौँ । आगमन भिसालाई रद्द गरेका छौँ । नेपाल र भारत सीमाका १६ वटा नाकामा हेल्थ डेक्स सञ्चालनमा छन् । नेपाल प्रवेश गर्ने ८ वटा नाकामा आइसोलेसन सेन्टर स्थापना गरिएको छ । सेनामार्फत ६ वटा एक हजार क्षमताको आइसोलेसन सेन्टर तयारी अवस्थामा छन् । यस्तै आइसोलेसन वार्डहरू छन् । पहिला कोरोना परीक्षणका लागि प्रयोगशालाहरूको अभाव थियो । अहिले एक सयभन्दा धेरै सरकारी र निजी प्रयोगशाला छन् । अस्पताल, आईसीयूको क्षमता वृद्धि गरेका छौँ । विगतको तलुनामा लाखौँ लिटरका अक्सिजन प्लान्ट अस्पतालहरूमा स्थापना गरिएको छ ।
सुरुमा झैँ देशभर लथालिङ्ग तरिकाले खोप दिँदैनौँ । यता पहिलो मात्रा दोस्रो मात्रा खोप दिने अनि बुस्टर मात्रा दिन्छौँ भनेर हावादारी कुरा गरेर भएन ।
अघिल्ला महामारीको तुलनामा अक्सिजन, आईसीयू, भेन्टिलेटरका क्षमता ६० गुणा बढाइएको छ । विगतमा तयार गरिएका आइसोलेसन त्योभन्दा बढी परिष्कृत गरेर यथावत रूपमा आइसोलेसन सेन्टर तयारी अवस्थामा अवस्थामा छन् । ओमिक्रोन भेरियन्ट यसभन्दा अघि उत्परिवर्तन भएका भेरियन्टभन्दा शक्तिशाली भनिएको थियो । तर अहिलेसम्मको अध्ययन अनुसन्धानहरूले त्यस्तो सार्वजनिक गरेको छैन । यद्यपि विश्व स्वास्थ्य सङ्गठनले यसबारे पूर्ण रूपमा केही भनिसकेको अवस्था छैन । विश्वभर देखिएका ओमिक्रोन भेरिएन्ट सङ्क्रमण भएका झण्डै ६०० व्यक्तिमा घातक खालका लक्षण नदेखिएको पाइएको छ । जटिल खालका स्वास्थ्य समस्या हालसम्म नआएको सुन्दा हामी निकै हर्षित छौँ । बाहिर हल्ला भएजस्तो सङ्क्रामक र स्वास्थ्यमा जटिलता नल्याउने अनि कमजोर भेरिएन्टका रूपमा ओमिक्रोन प्रमाणित होस् भन्ने हामी सबैको कामना हो । यद्यपि यसबारे विज्ञानले पुष्टि नगरेसम्म सङ्क्रामक र सङ्क्रमित भइसकेपछि भाइरसले कस्तो खालको हर्कत देखाउँछ भन्नेबारे भन्न सकिँदैन । ओमिक्रोन भेरियन्ट सङ्क्रमण हुन नदिन हामीले गरेको तयारी छाड्न पनि सक्दैनौँ । लापरबाह भएर हिँड्न पनि सक्दैनौँ । नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सङ्क्रमण पुष्टि भएका दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । छिमेकी राष्ट्र भारतका विभिन्न राष्ट्रमा यो भेरियन्ट सङ्क्रमण पुुष्टि पनि फैलावट भने धेरै बढेको पाइएको छैन । यसभन्दा अघि उत्परिवर्तन भएका भेरियन्टको सङ्क्रमण गति बढी थियो । त्योअनुसार बढेको छैन । तर ओमिक्रोन भेरियन्टले अझै पनि कस्तो हर्कत देखाउँछ । कोभिड–१९ सात दिनमा परिपक्व हुन्थ्यो भने ओमिक्रोन भेरियन्ट बा एक महिनामा हुन्छ कि, के थाहा ? यस्ता कुरा वैज्ञानिकहरूको अध्ययनले भविष्यमा पुष्टि गर्ला । सबैले जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नैपर्छ । सरकार भविष्यमा आउन सक्ने खतरासँग जुध्न स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालनको तयारी अवस्था छ ।
विश्व स्वास्थ्य सङ्गठनले बुस्टर खोपका लागि अनुमति नदिएको अवस्थामा लक्षित जनसङ्ख्यालाई पूर्ण खोप नलगाएको बेला नेपालले बुस्टर खोप दिन तयारी गर्नु उपयुक्त नभएको जनस्वास्थ्यविज्ञको भनाइ छ नि ?
विज्ञहरूले केका आधारमा तर्क गर्नुभयो थाहा छैन । आजसम्म ५३.७ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने ४४.५ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको अवस्था छ । पूर्ण जनसङ्ख्याले खोप लगाउन त अर्को एक वर्ष लाग्ला । एकपटक नै कोरोनाविरुद्धको खोप नलगाएकाहरूलाई खोप नै नदिईकन कटौती गरी पूर्ण मात्रामा खोप लगाएकालाई बुस्टर डोज दिन लागिएको होइन । खोप कतौटी गरेर बुस्टर मात्रा दिन लागिएको भए सो तर्कसहित हुने थियो । कोहीले एक मात्रा खोप पनि नपाउने कोहीले बुस्टर खोप पाउने अवस्था सिर्जना हुँदैन । कोरोनाविरुद्धको खोप नलगाएकालाई सरकार खोप दिन छ । खोप नलगाएकालाई खोप दिन तयार हुने सामाजिक सङ्घ संस्था, क्लब, पार्टीका को को हुनुन्छ, सबै सक्रिय भएर आउनुहोस् आवश्यक खोप दिन सरकार तयार रहेको भनिरहेका छौँ । खोप पाउनेको अधिकार हनन भएको छैन । बुस्टर खोप पूर्ण जनसङ्ख्याले नपाएसम्म दिन हुँदैन भनेर कसरी भन्नुभयो थाहा भएन ?
कोरोनाविरुद्धको खोप लगाउन अपेक्षित रूपमा नआउनुको कारण जनचेतनाको कमी, सम्बन्धित ठाउँका जनप्रतिनिधिहरूले खोपको आवश्कताबारे बुझाउन सकेनन् । कोरोना खोपबारे जानकार केही व्यक्तिले बेवास्ता गर्दा खोप लगाउन अपेक्षाकृतभन्दा कम भएका हुन् । अझै दूरदराजमा सूचना नै पुगेन कि ? यहीँ काठमाडौँमा पनि खोप नलगाउने पनि छन् ।
बुस्टर खोप केहिलेदेखि दिन सुरु हुन्छ ?
सुरुमा झैँ देशभर लथालिङ्ग तरिकाले खोप दिँदैनौँ । यता पहिलो मात्रा दोस्रो मात्रा खोप दिने अनि बुस्टर मात्रा दिन्छौँ भनेर हावादारी कुरा गरेर भएन । पहिलो खोप दिँदा नौ लाख अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार आदिबाट सुरु गरेका थियौँ । अब बुस्टर डोज दिँदा पनि पहिला नौ लाख फ्रन्टलाइनरलाई दिने तयारी गरेका छौँ । त्यसपछि क्रमशः नौ लाख, ९० लाख, एक करोड तीन करोडलाई बुस्टर मात्रा दिन्छौँ । बुस्टर डोज कहिले दिने भन्नेबारे छलफल र तयारी हुँदैछ । अब चाँडै नै सुरु गर्छौं ।
पछिल्लो समय अपेक्षित रूपमा कोरोनाविरुद्धको खोप लगाउन मान्छेहरू किन केन्द्रमा पुगेनन् ? कि सरकारले कोरोना खोप अभियानबारे बुझाउन नसकेको हो ?
कोरोनाविरुद्धको खोप लगाउन अपेक्षित रूपमा नआउनुको कारण जनचेतनाको कमी, सम्बन्धित ठाउँका जनप्रतिनिधिहरूले खोपको आवश्कताबारे बुझाउन सकेनन् । कोरोना खोपबारे जानकार केही व्यक्तिले बेवास्ता गर्दा खोप लगाउन अपेक्षाकृतभन्दा कम भएका हुन् । अझै दूरदराजमा सूचना नै पुगेन कि ? यहीँ काठमाडौँमा पनि खोप नलगाउने पनि छन् ।
लक्षित समूह अपेक्षित रूपमा खोप केन्द्रमा खोप लगाउन आइपुगेनन् । अपेक्षित रूपमा खोप लगाउन आएनन् भनेर चुप लागेर बस्दैनौँ । सहरी क्षेत्रमा धेरैले खोप लगाए पनि ग्रामीण क्षेत्रमा कमले खोप लगाएको पाइएको छ ।
राज्यको कर्तव्य भनेको नागरिकको घरघरमा पुग्ने हो । अब हामी पुसको पहिलो हप्ताबाट १६ हजार खोप केन्द्रमा पुगेर खोप अभियान सुरु गर्छौं । ७ हजार खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप केन्द्र १६ हजार पुर्याउँदैछौँ । यसरी खोप केन्द्र स्थापना गरेपछि जनताको पहुँचमा खोप पुग्छ । यदि १६ हजार खोप केन्द्रले पनि जनतालाई समेटेन भने जनगणनामा टोलटोलमा गणक गएजसरी स्वास्थ्यकर्मीसहित खोप लिएर घरघर पुग्छौँ ।
चैतसम्ममा पूर्ण जनसङ्ख्या अर्थात् खोप लगाउन मिल्ने जनसङ्ख्यालाई खोप दिने सरकारको लक्ष्य छ । के यो लक्ष्य पूरा हुन्छ ?
सरकारले पूर्ण जनसङ्ख्यालाई खोप दिँदैन । १२ वर्षमुनिका बालबालिकालाई खोप बनिसकेको छैन । १८ वर्षमाथिका जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप दिने यसअघि घोषणा गरिएको हो । सरकारले १८ वर्षमाथिका सबै जनसङ्ख्यालाई चैतसम्ममा खोप दिने भनेको हो । यो समूहलाई चैतसम्ममा खोप दिने लक्ष्य पूरा गर्छौं ।
सबै फ्रन्टलाइनर स्वास्थ्यकर्मीले कोभिड–१९ को जोखिम भत्ता पाएका छैनन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग माग गरेको छ । तर निकासा भएको छैन । अर्थ मन्त्रालयबाट पैसा निकासा भएपछि स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउँछन् ।
कोरोना सङ्क्रमण फैलन सुरु भएदेखि नै बालबालिका जोखिममा थिए । पछिल्लो समय ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै अभिभावक चिन्तित भएका छन् । १२ वर्षभन्दा माथिका १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकाले कहिले कोरोनाविरुद्धको खोप पाउँछन् ?
अब सरकारले १२ देखि १८ वर्ष उमेर समूहकालाई विद्यालय विद्यालयमा पुगेर खोप दिने योजना बनाएको छ । एक करोड मात्रा खोप खरिदका लागि सरकारले पैसा पठाइसकेको छ । डिसेम्बर अन्तिमसम्ममा वा जनावरीको पहिलो हप्तासम्म बालबालिकाका लागि नेपालसँग खोप आउने सम्झौता भएको छ । नेपालमा खोप आइपुगेको एक सातापछि ५० लाख बालबालिकालाई खोप दिन्छौँ । सरकारले साढे दुई करोडभन्दा बढी खोप ल्याइसकेको छ । साढे तीन करोड खोप पाइपलाइनमा छ अर्थात् १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप पुग्दैन भनेर चिन्तित हुने अवस्था छैन । अब १२ वर्षमुनिका बालबालिकालाई खोप दिने हकमा विश्व स्वास्थ्य सङ्गठनले अनुमती दिएको छैन । त्यसैले नेपालले ल्याउने कुरा भएनन् । १२ वर्षमुनिका बालबालिकालाई खोप लगाउने मान्यता पाएको खण्डमा सरकारले छिटोभन्दा छिटो ल्याउने पहल अगाडि बढाउँछ ।
पहिलो र दोस्रो लहरमा खटिएका स्वास्थ्यकर्मीले अझै पनि जोखिम भत्ता नपाएको जनगुनासो छ । अब कहिले जोेखिम भत्ता पाउँछन् ?
सबै फ्रन्टलाइनर स्वास्थ्यकर्मीले कोभिड–१९ को जोखिम भत्ता पाएका छैनन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग माग गरेको छ । तर निकासा भएको छैन । अर्थ मन्त्रालयबाट पैसा निकासा भएपछि स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउँछन् ।
अघिल्लो सरकारले बजेट व्यवस्था नगरी बालुवाटारबाट स्विच थिचेर धमाधम अस्पतालको उद्घाटन गर्यो । कोठामा बसेर उद्घाटन गरेका अस्पतालहरूको न जमिन छ, न डीपीआर छ, न नक्सा छ, पैसाबिना उद्घाटन भयो । पाँच सय अस्पताल, यति सडक उद्घाटन गरेँ भन्दै हिँड्नु हुन्छ । तर निर्माण गर्न लाग्ने पूर्वाधार, पैसा कति हो भन्ने थाहा नपाई उद्घाटन गर्ने काम भयो ।
कोरोना महामारीका कारण युरोपका कतिपय मुलुकमा लकडाउन भएको छ । ओमिक्रोन भेरियन्ट घातक भएर कतै महामारीका रूप लिने त होइन भनेर विज्ञहरूले आशङ्का व्यक्त गरिरहेको बेलामा अघिल्ला महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई सरुवा गरिएको कतिपयले आरोप लगाउँछन् नि ?
प्रसूतिगृहबाट पनि त्यहाँको अस्पताल निर्देशक सरुवा हुनुभएको छ । त्यहाँ कसैले पनि सोध्दैनन् । प्रसूति गृहमा सुत्केरीको चाप हुने ठाउँ हो । त्यहाँबाट सङ्गिता मिश्रालाई किन सरुवा गरियो भनेर कसैले पनि सोध्दैनन् । मकवानपुरमा एक जना सीडीओले राम्रो काम गर्नुभएको थियो । त्यहाँ राम्रो काम गर्नुभयो भनेर मकवानपुरमा मात्रै राख्ने ? नेपाल सरकारका सबै तहका कर्मचारी जहाँ जागिर खान सुरु गर्छन् त्यहीँबाट अवकास लिने होइनन् । निजामती सेवामा बसेका कर्मचारी सरकारले जहाँ खटाउँछ त्यहीँ जाने हो । सक्षम कर्मचारीले एउटा ठाउँमा राम्रो काम गरेपछि अर्को कमजोर भएको ठाउँमा गएर अझै त्यहाँ सक्षम बनाउने हो । कि एकै ठाउँमा बसेर त्यही पेन्सन पकाउने ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निःशुल्क इमर्जेन्सी सेवा सुरु भएको छ । अब अन्य अस्पतालमा निःशुल्क इमर्जेन्सी सेवा कहिलेदेखि सुरु हुन्छ ?
इमर्जेन्सी सेवा पहिलैबाट सुरु भएको हो । कही अस्पतालले इमर्जेन्सी सेवा दिएका छन्, केहीले दिएका छैन । फेरि टेकु अस्पतालबाट सुरु गरेका छौँ । कुन कुन सङ्घीय अस्पतालले इमर्जेन्सी सेवा निःशुल्क दिएका छन् वा छैन भन्नेबारे अनुगमन गरिहेका छौँ । अब सङ्घ मातहतका अस्पतालमा विस्तारै इमर्जेन्सी सेवा निःशुल्क बनाउँदै लैजान्छौँ ।
अघिल्लो सरकारले ५ देखि १५ शय्यासम्मका अस्पताल स्थानीय तहमा सञ्चालन ल्याउने भनेर धमाधम उद्घाटन गरेको थियो । ती आधारभूत अस्पतालहरूको कार्य केके हुँदै छ ?
अघिल्लो सरकारले बजेट व्यवस्था नगरी बालुवाटारबाट स्विच थिचेर धमाधम अस्पतालको उद्घाटन गर्यो । कोठामा बसेर उद्घाटन गरेका अस्पतालहरूको न जमिन छ, न डीपीआर छ, न नक्सा छ, पैसाबिना उद्घाटन भयो । पाँच सय अस्पताल, यति सडक उद्घाटन गरेँ भन्दै हिँड्नु हुन्छ । तर निर्माण गर्न लाग्ने पूर्वाधार, पैसा कति हो भन्ने थाहा नपाई उद्घाटन गर्ने काम भयो । यस मन्त्रालयमा म आइसकेपछि जनसङ्ख्याका आधारमा स्थानीय तहमा लालपुर्जासहितको जमिनको व्यवस्था गर्ने, लिज लिने, तोकिएको सात आठ रोपनी जमिन हुनुपर्ने, त्यसपछि डीपीआर नक्सा तोकिएअनुसार बनाएर आएपछि मात्रै टेन्डरमा जान अनुमति दिन्छौँ । पहिले नै मकैभट्मास जसरी पैसा बाँढेर दुरुपयोग गर्न दिँदैनौँ । ती अस्पताल तयार भएपछि मात्रै अस्पतालको उद्घाटन गछौँ । सम्पूर्ण कार्य पूरा गरेपछि मात्रै यहाँ अस्पताल बन्ने भनेर लालपुर्जा तयार गरिन्छ । अनि जग खनेर इँटाढुङ्गा राखेर शिलान्यास गछौँ । उद्घाटन गरेका मध्ये ७० वटा अस्पताल निर्माणकै क्रममा छन् । लगभग दुई सय अस्पतालको निर्माण सम्झौताको क्रममा छौँ । अन्य अस्पतालका लागि जमिन खोजिँदै छ । स्थानीय तहहरूलाई चाँडोभन्दा चाँडो जमिन खोज्न, डीपीआर तयार गर्न प्रोत्साहन गरिरहेका छाँै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?
-
१२ बजे, १२ समाचार : हिरासतमा रविको फोटो खिच्ने निकोलस भुसाल पक्राउदेखि ‘भ्रष्टाचारविरोधी अभियन्ता’लाई सहकारी ठगीमा हत्कडीसम्म