बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बिनाकसुर ४१ वर्ष जेल सजाय भोगेका दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश

बिहीबार, २३ मङ्सिर २०७८, १० : ५७
बिहीबार, २३ मङ्सिर २०७८

भारतको कलकत्तास्थित उच्च अदालतले भारतको जेलमा ४१ वर्षसम्म बिनाकसुर जेलमा बसेर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना ( दिपक जोशी ) लाई क्षतिपूर्तिबापत ५ लाख भारु दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।  

उच्च अदालतले मंसिर २१ गते (७ डिसेम्बर) को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको हो । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा क्षतिपूर्ति जम्मा गर्न आदेश दिएको हो । 

उनी १९ वर्षको छँदा इलामको माई नगरपालिका(१० बाट तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा सन् १९८० मा जेल परेका उनी बिनाकसुर ४१ वर्ष जेल बसेका थिए । गत चैतमा तिम्सिनालाई कोलकत्ता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले रिहा गर्न आदेश दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप