बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

‘गुन्डा नाइके’ अभिषेक गिरी बने मोरङ कारागारको चौकीदार

बिहीबार, २३ मङ्सिर २०७८, १० : ११
बिहीबार, २३ मङ्सिर २०७८

‘गुन्डा नाइके’ छवि बनाएका कैदी अभिषेक गिरीले मोरङ कारागारको चौकीदारको जिम्मेवारी पाएका छन् । काँग्रेस नेताहरूको जोडबलमा जिल्ला दुई हप्ता अघि मात्र अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका गिरीलाई सप्तरी कारागारबाट मोरङ कारागार ल्याइएको थियो ।

मोरङ कारागार प्रशासनले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिएको हो । जेलर महेन्द्रसिंह खड्काले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिइएको बताए । मङ्सिर ९ गते उनलाई विराटनगरको हाटखोलास्थित मोरङ कारागार ल्याइएको थियो । गिरीलाई विराटनगर आउन नदिन कैदी बन्दीहरूले प्रदर्शन तथा आन्दोलन गरेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले चौकीदारको जिम्मेवारी दिएको बारेमा आफूलाई जानकारी नआएको बताए । गिरीलाई मोरङ ल्याउनु अघि चौकीदार कात्तिक कामतको सरुवा गरिएको थियो । गिरीलाई मोरङ ल्याउनकै लागि कारागारबाट २३ जना कैदीबन्दीको सरुवा पनि गरियो । गत भदौ १७ गते डिल्लीबजार कारागारबाट मोरङ सरुवाको निर्णय भएपछि गिरीलाई कात्तिक १६ गते बिहान पहिलो पटक विराटनगर ल्याइएको थियो । तर कैदीबन्दीले प्रदर्शन गर्दै प्रवेश गर्न दिएनन्। 

कैदीबन्दीले प्रवेश नदिएपछि कारागार व्यवस्था विभागले गिरीलाई सप्तरी कारागार सरुवा गरेको थियो । सप्तरी सरुवा भएको १७ दिनपछि काँग्रेस नेताहरूको दबाबमा उनको पुनः मोरङ सरुवाको निर्णय भयो । मङ्सिर ४ गते सरुवाको निर्णय भएपछि कारागारका नौ सय कैदीबन्दी गिरीको विपक्षमा उभिएका थिए । विपक्षमा उभिएका चौकीदार कात्तिक कामतसहित ८ जना कैदीलाई सरुवा गर्दै गिरीका लागि बाटो सहज बनाइएको थियो । त्यसअघि चौकीदार किरण गुरुङसहित १४ कैदीबन्दीलाई स्थानान्तरण गरियो । गिरीको विपक्षमा रहेका चौकीदार नवीन राईलाई सुरुमा झुम्का लगिएको थियो । 

गिरी यसअघि पनि मोरङ कारागारमा चौकीदार थिए । चौकीदारको रूपमा रहँदा बजार क्षेत्रमा गुण्डागर्दी, फिरौती तथा असुलीको धन्दा चलाएको र कैदीबन्दीलाई यातना दिएको गुनासो आएपछि २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि उनले पुनः विराटनगर आउने मौका पाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप