इ–पासपोर्ट लिन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य
जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन लिने कार्य सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माका अनुसार बुधबारबाट योकार्यको थालनी भएको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी लिन चाहनेले अनलाइनबाट फारम भर्नू पर्दछ । विद्युतीय राहदानी (इ–पासपोर्ट)को लागि आवेदन दिने व्यक्तिले अनिवार्य राष्ट्रिय परिचयपत्रको नम्बर सो फारममा भर्नू पर्दछ । हाल भक्तपुर स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन कार्य भइरहेको छ ।
रातोपाटीसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले भनिन् ‘५० हजारभन्दा धेरैले राष्ट्रिय परिचयपत्रको बनाउनका लागि विवरण सकेका छन् ।’ राष्ट्रिय परिचयपत्रको विवरण भर्न भने नागरिकता अनिवार्य चाहिन्छ । विवाहितको हकमा श्रीमान् वा श्रीमतीको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र चाहिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?