काँग्रेस केन्द्रीय सदस्यमा कमलबहादुर शाहको उम्मेदवारी
नेपाली काँग्रेसका नेता कमलबहादुर शाहले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल तरूण दलका पूर्वउपाध्यक्ष समेत रहेका शाह पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बन्न लागेका हुन् । नीति र नेतृत्वमा हाम्रो प्रवेश, सशक्त काँग्रेस समृद्ध देश भन्ने मूल नाराका साथ आफूले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने शाहले बताएका छन् ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको विभिन्न पदमा रहेर काम गरिसकेको १३ औं महाधिवेशनमा पनि भूगोलबाट केन्द्रीय सदस्यको उम्मेदवार भएका थिए । यसपटक पनि उनी सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने छन् ।
नवौं महाधिवेशनदेखि पार्टीको महाधिवेशन, महासमिति सदस्य भएर काम गरिरहेको बताउँदै सशक्त काँग्रेस बनाउन १४ औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यको उम्मेदवारी दिन लागेकाले सबैलाई सहयोग गर्न उनको आग्रह छ ।
देशलाई सही दिशामा डोहोर्‍याउन आगामी निर्वाचनमा काँग्रेसको नेतृत्व आवश्यक भएको र काँग्रेसलाई बलियो र जनमुखी बनाउन नेतृत्वमा युवाको उपस्थिति आवश्यक रहेको शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लागेको ताला
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने