यु-१९ क्रिकेट: नेपाल र बंगलादेश एकै समूहमा
बिहीबार, २३ मङ्सिर २०७८, ०९ : २५
आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ । एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन् ।
समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन् । प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । यस्तै १३ पुसमा कुवेतसँग खेल्ने तालिका छ । प्रतियोगिताको लागि नेपाली टोलीले तयारी तीब्र बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द
-
‘मनसरा’लाई पूर्वी नेपालमा दर्शकको साथ
-
मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा
-
हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ : मन्त्री भण्डारी
-
तस्बिरमा हेर्नुहोस् विश्वकप खेल्ने टोलीको बिदाइ
-
‘इन्डक्सन फर्नेस मिल उद्योगीलाई दिइएको छुट सुविधा विभेदकारी’