बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका भ्रमणका क्रममा कोभिड पोजेटिभ

बिहीबार, २३ मङ्सिर २०७८, ०९ : २४
बिहीबार, २३ मङ्सिर २०७८

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कोभिड पोजेटिभ भएको छ । अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो । बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन् । जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण देखिएको बताएका छन् ।  

अमेरिका भ्रमण गर्नुअघि जोाइसले बेलायतका मन्त्री डोमिनिक र्याब र ग्रयान्ट स्यापलाई बुधबार भेट गरेका थिए । जोइसलाई कसरी कोभिड सङ्क्रमण भयो भन्ने बारेमा केही खुलेको छैन । उनीसँगै अमेरिका भ्रमणमा रहेको प्रतिनिधिमण्डलका अन्य कुनै सदस्यलाई भने सङ्क्रमण नभएको जनाइएको छ । बेलायत छोड्नुअघि आफूमा कोभिडको नेगेटेभि रिपोर्ट देखिएको, तर अमेरिका पुगेपछि कमजोर र पीडा महसुस गरेको उनले बताएका छन् । 

आफू कम्तीमा १० दिन आइसोलेसनमा बस्ने र अमेरिकी अधिकारीहरूसँगको भेट स्थगित गरिएको उनले जनाएका छन् । लन्डनमा हुँदा आफू पनि क्रिसमसको एउटा सपिङको भिडमा रहेको उनले बताएका छन् । जोइस भाइरसबाट सङ्क्रमित हुने अस्ट्रेलियाका उच्च ओहदाका राजनीतिज्ञ हुन् । गत वर्ष अमेरिका भ्रमणकै क्रममा रक्षामन्त्री पिटर डुटनलाई पनि कोभिड भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप