शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आज डलरको भाउ बढ्यो,  अन्य देशको मुद्राको दर कति ?

बिहीबार, २३ मङ्सिर २०७८, ०७ : ५२
बिहीबार, २३ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४१ पैसा र बिक्री दर १२१ रुपैयाँ ०१ पैसा कायम गरेको थियो भने आज यसको दरमा वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४३ पैसा र बिक्री दर १२१ रुपैयाँ ०३ पैसा कायम गरेको

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ८७ पैसा र बिक्री दर १३६ रुपैयाँ ५५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४४ पैसा र बिक्री दर १६० रुपैयाँ २४ पैसा कायम छ ।  

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९० पैसा र बिक्री दर ८६ रुपैयाँ ३३ पैसा छ ।  जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६१ पैसा र बिक्री दर १० रुपैयाँ ६६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९७ पैसा र बिक्री दर १९ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्री दर ३२ रुपैयाँ २६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०८ पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप