बार्सिलोना च्याम्पियन्स लिगबाट आउट, युरोपा लिग खेल्ने
बिहीबार, २३ मङ्सिर २०७८, ०६ : ३४
पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । सन् २००३-०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो ।
नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्ने थियो । तर, उता पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २-० ले हरायो । योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको छ ।
खेलको ३४ औँ मिनेटमा थोमस मुलरले बायर्न म्युनिखलाई अग्रता दिलाए भने पहिलो हाफ सकिन लाग्दा लिरोय सानेले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा जमाल मुसिआलाले तेस्रो गोल गर्दै बायर्नको शतप्रतिशत नतिजा कायम गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले पुनः मतगणनाको फैसला गरेपछि व्यासका मेयर भन्छन्- नतिजामा कुनै तलमाथि हुँदैन
-
उपेन्द्र यादवको मुद्दा शर्माको इजलासमा पेशी, सर्वोच्चले देला त राहत ?
-
सन्दीपको मुद्दामा बहस : दुवै पक्षले देखाएका प्रमाणले हैरानमा इजलास
-
नेविसंघको प्रदर्शन : गुड मर्निङ केपी बा, चिया खानु भो ?
-
सुदूरपश्चिम सरकारको गुरिल्ला ट्रेल बनाउनेसहितको योजना बजेटमै सीमित
-
अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन, सवारी आवागमन प्रभावित (तस्बिरहरू)