
महामन्त्रीका आकांक्षी खाणले खोले सम्पर्क कार्यालय

नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले १४ औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय खोलेका छन् । सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीको आकाङ्क्षी रहेका खाणले पुरानो जय नेपाल सिनेमा हलमा सम्पर्क कार्यालय खोलेका हुन् ।
महाधिवेशनसम्मका लागि खोलिएको सम्पर्क कार्यालय बुधबारबाट अनौपचारिक रुपमा सुरु भएको छ । योसँगै सम्पर्क कार्यालयमा नेता कार्यकर्ताको चहलपहल सुरु भएको छ ।
खाणको सचिवालयमा लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, लुम्बिनी प्रदेशका महामन्त्रीका प्रत्यासी जन्मजय तिमिल्सिना, नेता बिमल ढकाल, तरुण दल कोषाध्यक्ष विद्वान गुरुङ ,सिन्धुपाल्चोक तरुण सभापति दोर्जे लामा लगायतले काम गरिरहेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ