शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हरर फिल्म ‘कठपुतली’ ले ल्यायो ट्रेलर

बुधबार, २२ मङ्सिर २०७८, २२ : २६
बुधबार, २२ मङ्सिर २०७८

हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरूको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ ।
आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउने फिल्म भीमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी रानामगर निर्माता रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ । फिल्मलाई अष्ट्रेलियन छायांकार जोएल फ्रूमले खिचेका हुन् ।

कार्यक्रममा फिल्मकी कार्यकारी निर्माता सम्पदा मल्लले फिल्म हरर जनरामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । उनले भनिन्, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो । फिल्म हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ ।’

त्यस्तै कलाकार मिथिला शर्माले फिल्ममा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन् । फिल्मले नारीलाई सशक्त रुपमा प्रस्तुत गरेको उनको भनाई छ । उनी ‘कठपुतली’ लाई महिलाहरुको कथा भन्न पनि रुचाउँछिन् ।

अभिनेता कर्माले हरर जनरामा यो फिल्मले एउटा इट्टा थप्ने धारणा राखे । उनले फिल्मको कथा बलियो भएकाले नै आफू आबद्ध भएको बताए । लामो समयपछि अभिनयमा फर्किएकी उषा रजकले पहिलो पटक हरर फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले अहिलेसम्म हरर फिल्म समेत नहेरेको बताउँदै आफूलाई भुत प्रेतप्रति डर भएको बताइन् ।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’ को सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप