मणिपाल कलेजले बढी शुल्क लिएको विरोधमा प्रदर्शन

पोखराको मणिपाल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले कलेजले अध्ययनरत विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क उठाएको आरोप लगाउँदै कलेज परिसरमा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीबाट असुल गरेको शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै अनेरास्ववियुले बुधवार कलेजमा विरोध प्रदर्शन गरेको छ । मणिपाल कलेजले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीबाट अस्वभाविक शुल्क असुल गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको अनेरास्ववियुका गण्डकीका अध्यक्ष प्रकाश पौडेलले वताए ।
उनले शुल्कबारे कलेज प्रशासनले बाहिर नबोल्न विद्यार्थीलाई धम्की दिएकोप्रति आपत्ति जनाए । विरोधमा उत्रिएका विद्यार्थीले मणिपाल प्रशासनको लुटतन्त्र विरुद्ध उभिन आह्वान समेत गरेका छन् । कलेजमा यही मंसिर २० गतेदेखि तालाबन्दी गरेको अखिलले अन्यायमा परेका विद्यार्थीहरुलाई क्याम्पस प्रशासनका विरुद्ध आन्दोलन गर्न आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ