लक्ष्मी बैंकको एकैदिन २ नयाँ शाखा र १ एक्स्टेन्सन काउण्टर बिस्तार
लक्ष्मी बैंकले एकैदिन दुई नयाँ शाखा र एक एक्स्टन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरी जिल्लाको इनरुवा र मोरङको उर्लाबारी दुई शाखा कार्यालयहरु विस्तार गरेको हो । साथै, बैंकले आफ्नो ९ औं एक्स्टेन्सन काउन्टरको रुपमा जाजरकोट जिल्लाको बारेकोटमा अर्को काउन्टर स्थापना गरेको छ ।
यी शाखाहरुमार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४० शाखा, ९ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७० एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की