शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

लिङ्देन नेतृत्वको राप्रपाको पहिलो बैठक : यस्ता छन् ९ बुँदे निर्णय

नेताहरुको मर्यादाक्रम निर्धारण समिति गठन
बुधबार, २२ मङ्सिर २०७८, १८ : २१
बुधबार, २२ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकले विभिन्न ९ बुँदे निर्णय गरेको छ । बैठकपछि पार्टी महामन्त्री धवल शमशेर राणाले जारी गरेको विज्ञप्तिमा समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं सम्वादका लागि वार्ता समिति गठन गरिएको उल्लेख गरिएको छ । महामन्त्री राणाको संयोजकत्वमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको समिति गठन गरिएको हो । 

यसैगरी आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अर्का महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र गीताभक्त जोशी सदस्य सचिव रहेको स्थानीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

यस्तै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा केन्द्रीय सदस्य राजेश गिरी र केन्द्रीय सदस्य भरत पाठक सदस्य रहेको मर्यादाक्रम निर्धारण समिति गठन गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्देख छ । 

बैठकले नवनिर्वाचित सबै पदाधिकारी एवं सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनु पर्ने  ‍लेविको निर्धारण गर्न महामन्त्री कुन्ती कुमारी शाहीलाई संयोजक तोकेको छ । यस्तै पुस महिनाभित्र सबै प्रदेश कार्यसमितिहरुलाई विस्तारित बैठक बोलाउन निर्देशन दिने निर्णय पनि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप