पठाओको जीवन रक्षा कार्यक्रम, तीनसय ट्याक्सी ड्राइभरलाई स्वास्थ्य प्रशिक्षण
स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड सेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’ कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर) हरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ । करिब तीनसय जना पठाओ ट्याक्सी ड्राइभरहरूलाई कम्पनीले प्राथमिक उपचार र घाइते अथवा विरामीलाई अस्पताल लग्दा अपनाउनुपर्ने सावधानीहरूको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । क्याप्टेनहरूलाई जीवन रक्षकका रुपमा स्वास्थका कुरामा अझ संवेदनशील बनाउन कार्यक्रम गरिएको हमालको भनाइ छ ।
‘काठमाडौ उपत्यकामा अस्पताल पुग्नका लागि यात्रुहरूको पहिलो रोजाइ ट्याक्सी नै पर्ने गरेको छ । फेरि दुर्घटना लगायत कतिपय अवस्थामा बिरामीलाई गाडीमा राख्ने तरिका नमिल्दा झन् जटिल अवस्था हुन सक्छ ।’ हमालले भनिन्, ‘हामीसँग भएका स्वतन्त्र साझेदारहरूमा दोस्रो ठूलो संख्या पनि ट्याक्सीको नै छ । यसैले क्याप्टेनहरूलाई स्वास्थ संवेदनशीलताप्रति सजग गराउनु हाम्रो पनि कर्तव्य ठानेर तालिम आयोजना गरिएको हो ।’
तालिममा विरामी वा घाइते यात्रु भएको बेला कस्तो प्रकारको सावधानी अपनाउने र कस्तो प्रकारको प्राथमिक उपचार दिने लगायतको विषय समावेस गरिएको बताइएको छ । अनुभवी र यसै क्षेत्रसँग काम गरिरहेका त्रिवि शिक्षण अस्पतालका डाक्टर तथा इमर्जेन्सी हेल्थकेयर प्रोफेसनलद्वारा तालिम सञ्चालन गरिएको बताइएको छ ।
पठाओ नेपालको उद्देश्य भनेको सडकहरूमा प्राथमिक उपचार सहयोगीहरूको उपलब्धता बढाउनु भएको हमालले बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’