शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साझा उम्मेदवार छान्न चाक्सीबारीमा पौडेल पक्षीय नेताको छलफल

बुधबार, २२ मङ्सिर २०७८, १७ : ०७
बुधबार, २२ मङ्सिर २०७८

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा सभापति लगायतका पदमा उम्मेदवार चयन गर्न काँग्रेस नेता प्रकाशमान सिंहको निवासमा चाक्सीबारीमा उनी पक्षीय नेताहरुको छलफल सुरु भएको छ । छलफल केहीबेर अघि मात्र सुरु भएको नेता सिंहको सचिवालयले जनाएको छ । 

छलफलमा संस्थापन पक्षइतका सभापतीका उम्मेद्वारका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शेखर कोइराला र डा.शशांक कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु सहभागी छन् । बुधबार बिहान पनि सो समुहका नेताहरु साझा उम्मेदवार तय गर्न छलफलमा जुटेपनि सहमति हुन सकेको थिएन ।

उता संस्थापन पक्षले पनि सभापति देउवा निवासमा उम्मेदवार तय गर्न छलफल गरेपनि कुनै विषयमा सहमति जुटाउन सकेको छैन । उम्मेद्वारी दिने समय नजिकिँदै गएका बेला काँग्रेसका नेताहरुको दौडधुप बढ्न पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप