पद्मा अर्याललाई प्रश्न : ज्ञानेन्द्र र कमल थापालाई पनि एमालेमा भित्र्याउने ?
पूर्व मन्त्री एवं स्याङ्जाकी सांसद पद्मा अर्याल नेकपा एमालेमा चाँडै माथि पुग्न सफल भाग्यमानी नेतृ हुन् । चितवनमा हालै सम्पन्न दसौँ महाधिवेशनबाट अर्याल आफूभन्दा सिनियरहरूलाई पछि पार्दै सचिव बन्न सफल भएकी छिन् । पार्टीका ७ जना सचिवहरूमध्ये अर्याल एक हुन् ।
अध्यक्ष केपी ओलीको रोजाइमा परेपछि अर्याल संस्थापन पक्षको प्यानलमा परेकी थिइन् । यही कारणले गर्दा उनले टङ्क कार्की र भीम आचार्यलाई पछि पार्दै पार्टीको पदाधिकारीमा आफूलाई स्थापित गरिन् ।
केपी ओली नेतृत्वको सरकारमा हुँदा भूमि व्यवस्था मन्त्रीको हैसियतले उनले नयाँ नेपालको नक्सा निर्माणमा भूमिका खेलेकी थिइन् । यो कारणले पनि ओलीले उनलाई पार्टी नेतृत्वमा पिकअप गरेका हुन् । यसैले गर्दा डा. शिवमाया तुम्बाहाम्फे, बिन्दा पाण्डेजस्ता नेतृहरू भन्दा अर्याल नै ओलीको रोजाइमा परिन् । यसो हुनुमा उनी स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुले पनि भूमिका खेलेको हुन सक्छ ।
केपी ओलीको कोर टिममा रहेकी नेतृ अर्यालसँग रातोपाटीले महाधिवेशनको सन्दर्भ अनि समसामयिक राजनीतिबारे खरो प्रश्नोत्तर गरेको छ । र, यसको जवाफ पनि एमाले सचिव अर्यालले त्यत्तिकै खरो ढंगले नै दिएकी छिन् ।
प्रस्तुत छ एमाले सचिव अर्यालसँग गरिएको कुराकानी–
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गरेर चितवनमा भर्खरै सम्पन्न भएको छ । महाधिवेशनपछि एमालेमा के गुणात्मक परिवर्तन आयो ?
नेकपा एमालेले आफूलाई परिस्कृत र सुदृढ बनाउँदै अगाडि बढाएको छ । एमालेको भविश्यसँग जोडेर मानिसहरूले जेखालका टीकाटिप्पणी र आशंकाहरू गरिरहेका थिए, भर्खर सम्पन्न महाधिवेशनबाट त्यसरी गरिएका आशंका र टिप्पणीहरूलाई पुरै निस्तेज पार्न सफल भएको छ । किनकि, नेपालको इतिहासमा यति धेरै उत्सव र सहभागिताका साथ पार्टीको महाधिवेशन कुनै पनि राजनीतिक दलले गर्न सकेका थिएनन् । नेकपा एमालेकै इतिहासमा पनि यति ठूलो संख्यामा महाधिवेशन गर्न सकिएको थिएन, यसपटक गर्यौं । त्यसकारण जनताको विश्वास, आशा र भरोसा कता छ भन्ने कुरा महाधिवेशनको उत्साहजनक सहभागिता, उपस्थिति र जनलहरले स्पस्ट सन्देश दिएको छ ।
अब नेकपा एमालेको भोलिको दिशा के हो र भविष्य के हो भन्ने कुरालाई दशौं महाधिवेशनले बुझिने गरी संकेत गरिसकेकाले मैले त्यसमा केही फूलबुट्टा भर्न जरुरी देख्दिनँ ।
ठूलो संख्यामा मानिस भेला गर्दैमा पार्टीको नीति, विचार र सिद्धान्त सही हुन्छ र मुलुकको समृद्धि हुन्छ भन्ने विश्लेषण हो ?
जुन पार्टीको विचार, सिद्धान्त र कार्यक्रम जनतालाई आकर्षित गर्ने हुँदैन, त्यो पार्टी नामका धेरै पार्टी छन्, तिनका पछाडि मान्छे छैनन् । जसका विचार र नीति, सिद्धान्त र कार्यक्रमले जनतालाई आकर्षित त्यसकै पछाडि लागेर जनता आउने हुन् । त्यसै जनतापछि लाग्दैनन् । जनता भीड र भेडाबाख्रा पनि होइनन् । दलीय राजनीतिमा पार्टी भनेको एउटा आस्था हो, विचार हो भनिसकेपछि जुन पार्टीको विचार र सिद्धान्त ठीक छ, त्यसैका पछाडि जनता लाग्छन् । नेकपा एमालेले लिएको विचार, नीति र सिद्धान्त ठीक भएकै कारण आज जनता एमालेका साथमा लागेका हुन्, निम्ता मान्नमात्रै आएका होइनन् ।
त्यसो हो भने नेकपा एमालेले अघि सारेको जबजको नीतिलाई दशौं महाधिवेशनले ‘नारायणीमा सेलायो’ भन्ने टिप्पणी किन सुनिन्छ त ?
टिप्पणीकर्ताहरूले के आधारमा टिप्पणी गरे, के कुरालाई उठाइरहेका छन् म त्यो बुझ्दिनँ । जनताको बहुदलीय जनवाद महाधिवेशन हलमा चर्चा भएको विषय पनि हो । जसले लोकतान्त्रिक अभ्यास गर भनेको छ । लोकतान्त्रिक अभ्यासमा नजाने, सर्वसम्मत गर्दा जबजको मर्म बुभिएन भन्नेखालको टिप्पणी मैले बुझिरहेकी थिएँ । सर्वसम्मति भनेको के हो त ? एकआपसको सम्वाद र छलफलको निस्कर्ष सर्वसम्मति हो ।
भोट नै बाकसमा हालेपछि आफ्नो अभिमत प्रकट भएको मानिने, छलफलबाट यसो गरौं न भन्दा अभिमत प्रकट नभएको भन्ने कहीँ हुन्छ र ? हुँदैन । छलफलको अभिमतबाट निस्कर्ष निस्केन भने मतदानको माध्यमबाट आफ्नो अभिमत प्रकट गर्ने हो । त्यसैले पार्टी नेतृत्व चयनको कुरा के थियो भने हामी यसपटक सर्वसम्मत नेतृत्व छानौं भनिएको हो । त्यसक्रममा छलफल र संवादहरू भए । त्यसरी अघि बढ्न खोज्दा जति ठाउमा विषयहरू टुंगिए, त्यसमा सर्वसम्मत भयो, जहाँ टुङिगएन, त्यो ठाउँमा मतदान भयो । सर्वसम्मतको विधि र मतदानको दुवै विधि प्रयोग भएको छ ।
अध्यक्षले लिस्ट बनाएर घोषणा गर्दा आफ्ना मान्छेको मात्रै बनाउनुभयो ? उहाँसँग हिजो असहमति राख्नेहरूको नाम किन आयो त ?
एमालेले प्यानल खडा नगर्ने भनेर पहिल्यै बन्देज लगायो । पछि सर्वसम्मतिका लागि पर्याप्त छलफल नै भएन भनेर केही नेताहरूले महाधिवेशनस्थलमै भनेको पनि सुनियो, यसले गर्दा त खुल्लमखुला प्रतिस्पर्धा गर्न चाहने धेरैलाई त चित्त नबुझेको देखियो नि ?
रोकिएको हुँदै होइन । जर्वजस्त कसैलाई पनि गरिएको छैन । जहाँ, जुन पदमा आकांक्षीहरूको चित्त बुझ्यो, त्यो ठाउँमा सर्वसम्मत भयो । जहाँ चित्त बुझेन, ती ठाउँमा चुनाव वा प्रतिस्पर्धा भयो । त्यसैले जर्वजस्ती भएको पनि होइन र कसैको अधिकारको हनन गरेको पनि होइन । महाधिवेशनबारे टिप्पणी गर्ने केही विषय नपाएपछि लोकतन्त्रको अभ्यास रोकियो भनेजस्ता हल्ला गरिएको मात्रै हो, यसमा कुनै तुक छैन । हुन के पथ्र्यो ? प्यानल हुने अवस्था त थिएन यो महाधिवेशनमा । जसले चाहाना गर्यो, त्यो व्यक्तिले चाहना गर्यो । व्यक्ति–व्यक्तिका बीचमा चुनाव भयो ।
सर्वसम्मति नजुटेको खण्डमा त केपी शर्मा ओलीले घोषणा गरेको लिस्ट पनि त प्यानल नै भयो नि ? उहाँले चाही प्यानल घोषणा गर्न पाउने अरुले नपाउने भन्ने पनि हुन्छ र भन्या ?
अनि अध्यक्षले लिस्ट बनाएर घोषणा गर्दा आफ्ना मान्छेको मात्रै बनाउनुभयो ? उहाँसँग हिजो असहमति राख्नेहरूको नाम किन आयो त ? असहमति राख्ने नेताहरूको पनि नाम समावेश गरेर पार्टी कसरी चलाउने भन्दा सर्वसम्मतिका निम्ति अध्यक्षको ठाउँबाट विवेकसंगत ढंगले सवै पक्षलाई समेट्नेगरी र सन्तुलन कायम गर्नेगरी पेस भएको हो नि त ती नामहरू ।
तपाईंले सवै पक्षलाई समेट्नेगरी भने पनि नेता भीम रावल त लिस्टमा अटाउनुभएन नि ?
अनि दुईवटा अध्यक्षको व्यवस्था छ र ?
अरु पद दिन पनि सकिन्थ्यो नि ?
दिएको हो । महाधिवेशनबाट पार्टी अध्यक्षले उपाध्यक्षमा बस्नुस भनेर अनुरोध गर्दा र सिंगो हलले एकताको महाधिवेशन हो, तपाईं बाहिर जाने होइन, यही पार्टीमा बस्ने हो, मिलेर काम गर्ने हो त्यसैले अध्यक्षको प्रस्ताव मान्दिनुस् भनेको हैन ? हो नि ! त्यो आह्वानपछि उहाँले तपाईंहरूको सदासयतालाई धन्यवाद छ, अहिले म अध्यक्षमै चुनाव लड्छु, उपाध्यक्षमा बस्दिनँ भन्नुभयो र चुनावमा जानुभयो ।
नेतृत्वको कोटा वा रोजाइ जे भने पनि सर्वसम्मतिका लागि लिस्ट पेश गर्दा म मात्रै होइन, धेरै साथीहरू पर्नुभएको छ । त्यसैले हलको चाहना, वर्तमान स्थिति, पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनुपर्ने अवस्थालाई हेक्का राखेर नेतृत्वले विवेकसम्मत ढंगले नाम प्रस्तुत गरेको हो ।
तर, केपी शर्मा ओलीले नयाँ नेतृत्वको लिस्ट सार्वजनिक गर्दैगर्दा नेता रावलले त्यसमा मसँग कुनै छलफल नै गरिएन भनेर सार्वजनिक अभिव्यक्ति नै दिनुभएको हो नि ?
मलाई लाग्दैन । किनभने, महाधिवेशनमा कसले के बोल्यो भन्ने रेकर्ड सुरक्षित छ । कमरेड भीम रावलले आफ्ना पालामा भन्नुभयो–अध्यक्ष र मेरोबीचमा धेरै कुरा भए, ती कुरा समय अभावका कारणले कमरेडहरूका बीचमा राख्न चाहन्नँ । हाम्राबीचमा धेरै कुरा भएका छन्, जसमा मैले अध्यक्षलाई के भनें, अध्यक्षले मलाई के भन्नुभयो भन्ने । तर, तपाईंहरूले मसँग जुनखालको अनुरोध गर्नुभयो अहिले म त्यो ठाउँमा रहन सकिनँ । त्यसैले म अगाडि बढिसकेँ, अघि बढिसकेको हुँदा मेरो उम्मेदवारी कायम रहन्छ, मतदानमा जान्छु भनेर उहाँले उपाध्यक्ष अस्वीकार गर्नुभयो । अध्यक्ष र मेराबीचमा धेरै कुरा भए तर समय अभावले भन्न सक्दिनँ भन्नु कुरै नभएको भनेर बुझ्ने ? होइन, त्यो गलत हो । अध्यक्षले पनि त्यही कुरा भन्नुभयो कि मैले बारम्बार भीम कमरेडलाई यसो भनेँ, उहाँ मानिरहनुभएको छैन । सिंगो हलका अगाडि मैले उहाँलाई उपाध्यक्षको प्रस्ताव गरेँ, बसिदिनुस् कमरेड भनेर अध्यक्षले भन्नुभयो ।
तर, जतिसुकै सहमतिको प्रयास भने पनि त्यसमा अध्यक्ष ओली असफल भएकै देखियो नि ?
असफल हुनुभएन । त्यति धेरै ठाउँमा सहमति जुट्या छ । केही ठाउँमा चुनाव भएको हो । त्यसैले सहमतिमा अध्यक्ष असफल हुनुभएको भनेर बुझ्न मिल्दैन ।
तपाईं सचिवमा सुरक्षित हुनुभैगयो, त्यसैले सफल भनेको त होइन नि ?
त्यस्तो होइन । म त झन् चुनाव नै लडेको मान्छे हो ।
अध्यक्षको रोजाइमा पर्नेजतिले त हार्ने कुरा पनि हुने भएन नि ?
ठीक छ, नेतृत्वको कोटा वा रोजाइ जे भने पनि सर्वसम्मतिका लागि लिस्ट पेश गर्दा म मात्रै होइन, धेरै साथीहरू पर्नुभएको छ । त्यसैले हलको चाहना, वर्तमान स्थिति, पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनुपर्ने अवस्थालाई हेक्का राखेर नेतृत्वले विवेकसम्मत ढंगले नाम प्रस्तुत गरेको हो । केही केही साथीको चित्त बुझेन, फरक कुरा हो । त्यो पनि प्रक्रियाबाट टुङ्गियो, अब यही कुरा उछरपुछर गर्नुपर्ने केही पनि छैन । यो दुनियाँको अभ्यास हो । धेरै ठाउँमा यस्तो अभ्यास भएको छ ।
आठ लाख नेता–कार्यकर्ता भएको पार्टीमा यसपटक नेतृत्व चयन गर्दा सबैलाई न्याय भयो भन्ने लाग्छ त ?
सबै एकै ठाउँमा अट्छ त ?
नेकपा एमाले आज जुनखालको परिस्थितिमा छ, हाम्रा च्यालेन्जहरू छन्, जनताको अपेक्षा पनि छ । अगाडिका च्यालेन्जलाई सामना गर्न, जनता, राष्ट्र र हामीप्रतिको दायित्व निर्वाह गर्न नेकपा एमालेको नेतृत्व केपी ओलीले लिनुपर्ने छ ।
नअट्ने भए एकजनाले मात्रै पार्टी चलाउने त ?
नेकपा एमालेमा झण्डै ८ हजार पार्टी संरचना छन् । केन्द्रीय कमिटीमा मात्रै सबै बस्ने हो भने ८ हजार कमिटीमा को बस्ने त ?
तर, लामो समय पार्टीमा योगदान दिएकाहरूले त केन्द्रीय कमिटीमा बस्न खोज्नु स्वभाविक होइन र ?
चाहाना राख्नु स्वाभाविक हो । पार्टीमा लामो समयसम्म काम गरेका, पसिना बगाएका, योगदान गरेका कमरेडहरूले पदोन्नति हुने र थप जिम्मेवारी लिने चाहाना राख्नु स्वभाविक हो । तर, एकै समयमा सवैलाई सम्भव हुँदैन । फेरि प्रतिस्पर्धामा जान चाहनेलाई थुनेको पनि होइन ।
एमालेले केपी शर्मा ओलीलाई नै पुनः नेतृत्व दिनुपर्ने बाध्यता चाहिँ के थियो वा ओलीको ठाउँमा भीम रावल आउँदा के बिग्रन्थ्यो ?
नेकपा एमाले आज जुनखालको परिस्थितिमा छ, हाम्रा च्यालेन्जहरू छन्, जनताको अपेक्षा पनि छ । अगाडिका च्यालेन्जलाई सामना गर्न, जनता, राष्ट्र र हामीप्रतिको दायित्व निर्वाह गर्न नेकपा एमालेको नेतृत्व केपी ओलीले लिनुपर्ने छ ।
नेकपा एमालेमा केपी ओलीको विकल्प नभएकै हो त ? अरु सवै नेता नालायक हुन् ?
त्यस्तो भनेको छ मैले ? उहाँको नेतृत्वको आवश्यकता हो । अरुलाई नालायक भनेको छ ? छैन । सबै लायक भएर नै सबै मिलेर जाऊँ, जिम्मेवारी लिऊँ भनेको हो । ३०१ जना केन्द्रीय कमिटी सदस्य बनाउनु थियो, अनि त्यसमा सबै आकांक्षी भए भने त अट्ने कुरा हुँदैन । त्यही भएर ३०१ यहाँ बस्ने अरु अन्त अन्त बस्ने भनेको हो । त्यसैले एमालेका सवै नेता योग्य र लायक नेता हुन् । सक्षम नेता हुन् । त्यसमा नेतृत्व कसले गर्ने भन्दा योग्यमध्येबाट थप योग्य केपी ओली हुनुभयो र अहिले उहाँले नेतृत्व गर्नुभयो ।
टीको किन लगाउने ? केपी ओली अहिले टीको लगाएर हुनुभएको हो र ? चुनाव भएको होइन ? १८ सय बढी भोट ल्याएको होइन ? त्यो भोट प्रतिनिधिले दिएको होइन ? हो नि । त्यसमा अब कोही छुटेका छन् भने अरु कार्यविभाजन पनि हुदैजानेछ भनेकै छ नि ।
त्यसो भए ओलीलाई अध्यक्ष बनाउने ठाउँमा पद्मा अर्याल वा योगेश भट्राईलाई किन दिइएन त ?
हामी आकांक्षी नै थिएनौँ । काम गर्दै जाँदा भोलि त्यो समय पनि आउन सक्छ ।
टीको लगाएर ?
टीको किन लगाउने ? केपी ओली अहिले टीको लगाएर हुनुभएको हो र ? चुनाव भएको होइन ? १८ सय बढी भोट ल्याएको होइन ? त्यो भोट प्रतिनिधिले दिएको होइन ? हो नि । त्यसमा अब कोही छुटेका छन् भने अरु कार्यविभाजन पनि हुदैजानेछ भनेकै छ नि ।
कार्यविभाजनको कुरा गरिहाल्नुभयो, स्थायी समिति र पोलिटव्युरो गठन गर्ने तयारी हुदैछ ? आकांक्षीहरूको कसरी व्यवस्थापन हुदैछ त ?
पार्टी नेतृत्वले विवेकसम्मत ढंगले योग्यता, क्षमता,रुची, आवस्यकता क्रियाशलिता हेरेर जिम्मेवारी दिन्छ ।
तर लालबाबु पण्डितजस्ता पुराना नेताले पार्टीमा नरहने निर्णय गरिसक्नुभयो नि ?
होइन, उहाँले पार्टी छोड्नुहुन्न । यो अरुले हल्ला गरिदिएको हो । किनभने लालबाबु कमरेड एउटा इतिहास हो । यो पार्टीमा उहाँले धेरै ठूलो लगानी पनि गर्नुभएको छ । गलत प्रवृतिका विरुद्ध लड्ने नेता पनि हो । त्यसैले एउटा चाहाना पूरा भएन भनेर पार्टी छोड्ने भए विगतमा धेरै ठाउँमा ठेस लागेको छ । उहाँ काँचो मान्छे पनि होइन । त्यसैले उहाँलाई स्थायी कमिटीमा ल्याइन्छ, त्यसमा उचालिरहनुपर्ने आवश्यकता छैन ।
अघिकै प्रश्नमा जाऔं, ओलीकै नेतृत्वको बाध्यताका कारण के हो ?
जब नवौं राष्ट्रिय महाधिवेशनबाट केपी ओली पार्टी अध्यक्षमा निर्वाचित भैसकेपछि यो पार्टीले सफलता प्राप्त गर्यो । त्यो त मान्नुपर्यो नि !
सफलता कि असफलता ? झुक्किएर भन्नुभएको त होइन ?
सफलता प्राप्त गरेको हो । सफलता प्राप्त नगरेको भए यो मुलुकको पहिलो पार्टी बन्न सक्छ ? त्यो उहाँकै नेतृत्वमा भएको होइन ?
माओवादीसँग गठबन्धनको मतबाट ठूलो पार्टी भएको भन्ने तपाईंले बिर्सनुभयो कि जस्तो छ ?
गठबन्धन गराउने नेतृत्व को हो त ? ओली नेतृत्व नै होइन ?
हामी व्यवहारमै देखाउन चाहान्छौँ । चार वर्षअघिको हाम्रो देशको स्थिति हेुर्नुस् र त्यसपछिको अवस्था मुल्यांकन गर्नुस् कति फरक छ । अहिले झण्डै ६ महिना भैसक्यो के सिन्को भाँचेको छ यो सरकारले ? अहिले त हामीले गरेका काम भत्काइँदैछ । योजनाहरू जतापाक्ष रकमान्तर हुँदैछन् । कसलाई के मन लागेको छ, उसलाई कनिका बाँडेजसरी बाँडिएको छ । हामीले सुरु गरेका कामहरू ठप्प भैरहेका छन् ।
तर, गठबन्धन हुँदै पार्टी एकता भए पनि त्यो एकता त उहाँले बचाउन सक्नुभएन । त्यो दोष ओलीले किन नलिने ?
बचाउन नसक्नु कमजोरी हो भनेर हामीले भनिसकेका छौं त । एकता गर्नु राम्रो कुरा हो, सफलताप्राप्त ठूलो उपलव्धि हो, उचाई हो तर शिखर होइन । एकता जोगाउन नसक्नु कमजोरी हो भनेर विधान महाधिवेशनमार्फत राजनीतिक दस्तावेजमा पास गरिसकेका छौं । त्यसैले केपी ओलीको नेतृत्व चाहे पार्टी सञ्चालनमा होस्, चाहे सत्ता सञ्चालनमा होस्, इतिहासमा कसैले नगरेका काम भएका छन् । आज पनि ताजै छन् युगिन महत्वका कामहरू । राष्ट्रियताको मामलामा कसैले सक्छ यो नेतृत्वलाई च्यालेन्ज गर्न ? कोही मान्छे उत्तर र दक्षिणतिर फर्केर बोल्न सक्छन् ? कोही सक्दैनन । नेपाल नचिनेका मान्छेलाई नेपाल चिनाउनसक्ने यही नेतृत्व होइन ? त्यसैले हरेक हिसावले केपी ओली सफल नेता हो ।
त्यस्तो अवस्थामा यस्तो महत्वपूर्ण राजनेताले एकपटक फेरि यो पार्टीको नेतृत्व हाँकेर फेरि एक नम्बरको पार्टी बनाउँदै हिजो जनताका बीचमा बाँडेका सपना छन्– सुखी नेपाली्, सम्मृद्ध नेपाल यो भिजन त केपी ओलीको हो नि । यही सपना साकार पार्न फेरि मुलुकको बागडोर हाम्रो पार्टीमा आउनुपर्छ, त्यो पुरा गर्न ओली नै योग्य र आवस्यक मान्छे हो ।
सुखी नेपाली, सम्मृद्ध नेपाल भाषणमा मात्रै कि व्यवहारमा लागु गर्ने ?
हामी व्यवहारमै देखाउन चाहान्छौँ । चार वर्षअघिको हाम्रो देशको स्थिति हेर्नुुस र त्यसपछिको अवस्था मुल्यांकन गर्नुस् कति फरक छ । अहिले झण्डै ६ महिना भैसक्यो के सिन्को भाँचेको छ यो सरकारले ? अहिले त हामीले गरेका काम भत्काइँदैछ । योजनाहरू जतापाक्ष रकमान्तर हुँदैछन् । कसलाई के मन लागेको छ, उसलाई कनिका बाँडेजसरी बाँडिएको छ । हामीले सुरु गरेका कामहरू ठप्प भैरहेका छन् ।
केही पुल र सडकहरू बन्नुलाई नै समृद्धि भन्ने हो र ?
समृद्धिमा पुग्न पूर्वाधार जरुरी हुन्छ । ती पूर्वाधारहरू हुन् । पूर्वाधारका हिसावले हामी इन्डेक्समा पुगेका थियांै । गाउँगाउँमा हेर्नुस त हिजो एउटा कृषि फर्म नभएका ठाउमा आज कति ठाउँमा छन् ? स–साना उद्योग पनि चलिरहेका छन् । उत्पादनसँग मान्छे जोडिने, उद्यमशीलताको विकास गर्ने, व्यवसायिकखालका धेरै कामको सुरुवात भएको छ ।
त्यत्रो शक्तिशाली सरकारका हुँदा पनि न एउटा नयाँ उद्योग खुल्यो ? न बन्द भएका उद्योग नै चलाउने प्रयास भयो अथवा कुनै रोजगारकै ग्यारेन्टी । यो इतिहास पनि नबिर्सने कि ?
हाम्रोमा काममा हुने जोखालको ढिलासुस्ती छ । २० बर्षमा एउटा पुल बन्दैनथियो । तर, त्यसमा त केही न केही सुधार भएर सुरु भयो कि भएन भन्ने पनि महत्वपूर्ण हो । त्यो हेर्नुस न । गाउँगाउँमा उद्योगग्राम घोषणा गरेर पुर्वाधार बनाउने पार्टी कुन हो ? नेकपा एमाले होइन ? त्यही केपी ओली सरकार होइन ? आज सुरु गर्यो भोलि नै रिजल्ट आउँछ ? आउँदैन नि ! यसलाई काम भएको भन्न पर्दैन ?
केही कामको सुरुवात भए पनि नीतिगत परिवर्तन गरेर आम जनतामा महशुस हुनेगरी कुनै काम हुन सकेन....
नीतिगत रुपमा पनि हामीले हिजो धेरै समस्या थिए । तिनलाई संशोधन गर्दै धेरै कानुनहरू निर्माण गर्यांै । कार्यान्वयन गर्ने सवालमा राजनीतिक अस्थिरता बाधक बन्छ । सेवा प्रवाहसँग जोडिएर सत्ता सञ्चालनमा प्रविधिको प्रयोग जस्तो इसेवा भनेर धेरै ठाउँमा जे–जे गर्यौं, त्यसले एकखालको आकर्षण दिइरहेको थियो । त्यसमा निरन्तरता हुन्छ हुन्न भन्ने कुरा महत्वपूर्ण हो । मैले नेतृत्व गरेको मन्त्रालयअन्र्तगतको मालपोत नापीमा जे सिस्टम विकास गर्यौं, त्यसमा म सधैँ बस्ने कुरा त हुँदैन । मैले त सुरुवात गरिदिने हो । त्यसलाई अव आउनेले समातेर गएपछि सिस्टम बस्ने हो । हामीले सिस्टमको सुरुवात गर्यौं । के गर्दा फास्ट ट्रयाकबाट काम गर्न सकिन्छ र जनतालाई सुविधा हुन्छ भन्ने हाम्रो सोच र सुरुवात हो ।
यो सरकारसँग हामीले के भाग खोजेका छौं ? छैन । हामीले सरकारलाई राम्रो काम गर मात्रै भनेका हौँ । हामी अहिले सरकारमा जान्छौं भनेका पनि छैनौं चुनावपछि जाने भनेका हौँ ।
अब पनि दोष अरुलाई दिएर उम्कन मिल्छ र ?
हामी संस्कारित छैनौँ । हरेक कुरामा राजनीति हुन्छ ।
संस्कार सिकाउने कसले त ?
हामी राजनीतिक पार्टीले सिकाउने हो ।
राजनीतिक पार्टी आफै संस्कारित छन् ?
मैले भनें त छैनौं । त्यसैले हामी पहिला संस्कारित हुनुपर्यो । राष्ट्रलाई शीरमा राखेर, जनतालाई छातीमा टाँसेर काम गर्न नसक्ने र व्यक्तिगत स्वार्थलाई तल नराख्दासम्म हामी उभो लाग्दैनांै । हामी सरकारमा हुँदा विगत सरकारले सुरु गरेका एउटा राम्रो काम यो फाल्नुभयो भनेर भन्नुस् न ! अहिले त म दर्जन उदाहरण दिन्छु । त्यसैले यो प्रश्न हामीलाई होइन, जसले त्यो विषयको चिन्ता गर्दैन, त्यस्तो ठाउँमा हान्नुस् त्यो भयो भने देश बन्छ । अहिले हेर्नुस त सत्ता निदाएर बसेको छ । सरकार मुलुकमा छ कि छैन थाहा नै छैन ।
यसमा प्रमुख प्रतिपक्षको पनि दायित्व होला नि ?
छ । त्यही भएर झक्झक्याइरहेका छौं ।
तर, भागवण्डा मिलेपछि तैंचुप मै चुप गर्ने प्रवृत्ति पनि नेपालको राजनीतिमा यथावत छ नि ?
यो सरकारसँग हामीले के भाग खोजेका छौं ? छैन । हामीले सरकारलाई राम्रो काम गर मात्रै भनेका हौँ । हामी अहिले सरकारमा जान्छौं भनेका पनि छैनौं चुनावपछि जाने भनेका हौँ ।
यो सरकारले के त्यस्तो नराम्रो काम गरेको छ ?
तपाईंले देखिरहनुभएको छ । यो भन्दा नालायक सरकार दुनियाँमा कहीँ छैन । यो ५,६ महिनामा के गर्यो ? केही छैन । तुइन काटेर नेपाली नागरिक नदीमा खस्दा भारतलाई सोध्नपर्छ भन्छ । हिजोको सरकारले सुरु गरेका युगीन महत्वका काममा छुट्याएका बजेट काटेर अहिले जथाभावी गरेको छ । भोलिदेखि हेर्नुस त रकमान्तर कसरी हुँदैछ ? विगत सरकारले हालेका बजेट सम्झौता गर्न नदिएर रकमान्तर गरेर मनलाग्दी हुँदैछ ।
नेकपा एमालेका अगाडि एक ढंगले विगतमा पार्टीको नेतृत्व सम्हालेका केही नेतागण पार्टीबाट चोइटिएर बाहिर जानुभएको छ । त्यसले छिटफुटरुपमा केही तरंग पनि पैदा गरेको छ । यसलाई हामीले धेरै सम्हाल्दै आएका छौं, जसलाई अझै पुर्ण रुपमा सम्हाल्नुपर्ने चुनौती छ ।
त्यो त सरकारको अधिकारको कुरा पनि त होला नि ?
अधिकार होइन, मुलुक कसरी बनाउने भन्ने कुरा हो । जे पायो त्यही गर्न पाउने हो भने किन छलफल गर्नुपर्यो तपाईंहरूजस्तो मान्छेले ? बहस नै नगर्दा भयो नि । हाम्रो चिन्ता त राम्रो गरौ भन्ने हो ।
तपाईंहरूका लागि नराम्रो भए पनि सत्तासिनका लागि राम्रो हुन पनि सक्छ नि ?
त्यही भएर केमेस्ट्री नै मिल्दैन ।
तपाईंले अघि एमालेका अगाडि धेरै च्यालेञ्ज छन् भन्नुभएको थियो । के के छन् च्यालेन्ज र त्यसको सामना गर्ने हतियार तपाईंहरूसँग के छ ?
नेकपा एमालेका अगाडि एक ढंगले विगतमा पार्टीको नेतृत्व सम्हालेका केही नेतागण पार्टीबाट चोइटिएर बाहिर जानुभएको छ । त्यसले छिटफुटरुपमा केही तरंग पनि पैदा गरेको छ । यसलाई हामीले धेरै सम्हाल्दै आएका छौं, जसलाई अझै पुर्ण रुपमा सम्हाल्नुपर्ने चुनौती छ ।
दोस्रो कुरा, अब स्थानीय, संघ र प्रदेशको चुनाव हुँदैछ । ती चुनावहरूमा हामीले सफलता हासिल गर्दै आफुलाई पहिलो पार्टी बनाउनुपर्नेछ । हिजोको बिरासतलाई कायम राख्न पनि थप मेहनत गर्दै थप सफलता प्राप्त गर्नुपर्नेछ । यी विषयलाई मिसन बनाएर त्यही अनुसार कार्यक्रम बनाएर एमाले अघि बढ्छ ।
भनेपछि फुटको घाउ पुर्ने र पहिलो पार्टी बनाउने पहिलो लक्ष्य एमालेको अवको कार्यक्रम हुन्छ ?
हो । र, अरु जो वामपन्थी शक्तिहरू छन् तिनलाई पनि एमालेको नेतृत्वमा एकतावद्ध बनाएर जाने । आज देखिएको छ नि, एमाले चोइटिइरहेका बेला केही मान्छेहरू बाहिरिँदा पनि एमालेभित्र महत्वपूर्ण मानिसहरू पार्टी प्रवेश गर्ने लहर त चलेकै छ । सामाजिक राजनीतिक व्यक्तित्वहरू आइरहनुभएको छ । एमालेमा केही नभए आउँछ कोही ?
वामपन्थी शक्तिसँग एकताको प्रशंग निकाल्नुभयो, कुन कुनसँग फेरि एकता गर्ने ? माओवादीसँग या एकीकृत समाजवादीसँग ?
माओवादीसँग हिजो एउटा समयमा हाम्रा मतभेद थिए । शान्तिपूर्ण आन्दोलन र शसस्त्र आन्दोलनका विषयमा धेरै ठूलो मतभेद थियो, संघर्ष थियो । तर, कसैले परिकल्पना गरेका थिए केपी ओली र प्रचण्ड मिलेर एउटै पार्टी बनाउँछन् भनेर ? थिएन । तर, समय बित्दै जाँदा भयो । त्यसैले तत्काल सम्भव नहोला, तर समय आउँदैन भन्न सकिँदैन ।
भनेपछि फेरि स्वार्थ मिल्नसक्छ ?
त्यस्तो कुरा होइन । विचारले नै हुन्छ ।
विचार मिलेको भए त फुट्ने नै थिएन नि ?
अहिले कसले हो र फुटाएको ? उहाँहरू हामी मिलेनौँ, जाउँ भनेर हो र ? होइन । डिवेट चलिरहेका बेला अदालतले होइन ? विवाद भइरहेका बेला नाम जुध्यो मिलाएर आउ भन्दा भएन, भएको त्यही न हो । त्यसैले विचार नमिलेर निस्केको पनि होइन । मन नमिलेको मात्रै हो । केही केही घटनाक्रमले मन मिलेन । त्यसैले हिजो पनि यी मिल्लान् भन्ने थिएन मिलियो । अहिले पनि यी त मिल्दैनन् कि क्या हो भनिएको छ, समय बित्दै जाँदा समय परिस्थितिले त्यो माग गर्छ फेरि मिल्न सकिन्छ ।
सबै पार्टी एकातिर भए पनि एमाले एक्लै चुनाव जित्छ भनेर नेताहरूले चुनौति किन दिएको त ?
प्रतिद्वन्द्वी आफैले पनि भनिरहेका छन् । वामपन्थी एकता भनेको चुनावका निम्ति मात्रै भनेर पनि बुझ्नुहुँदैन ।
नटिक्ने वामपन्थी एकता किन गर्नुहुन्छ त ?
विचारमा बहस र छलफल हुन्छ । विचार मिल्नेहरूसँग एकता हुन्छ, नमिल्नेहरूसँग एकता हुँदैन त्यो प्रस्टै छ । विचार र मन नमिल्नेहरूसँग हुदैन ।
मान्छे परिवर्तन हुन सक्दैन ? मान्छे परिवर्तन हुन्छ कि हुँदैन ? यो कुरा बुझ्नपर्दैन ? पर्छ नि । मान्छेले एक समयमा ठीक ठानेको कुरा अर्को समयमा बेठीक रहेछ भन्ने ठाउँमा पुग्छ कि पुग्दैन ? हिजो मैले यो ठीक ठानेको थिए तर आज यो बेठिक रहेछ, यो चाहिँ ठीक रहेछ भन्न पाउँछ नि ।
कम्युनिस्ट एकताको कुरा गरेर एमालेले कमल थापा भित्र्याउन खोजिरहेको भन्ने विश्लेषण हुन थालिसक्यो नि ?
ठीक छ, एमालेको विचार राम्रो लाग्यो भने सबैलाई स्वतन्त्रताको ढोका खुला छ ।
भित्र्याउने नै हो कमल थापालाई ?
ए बाबा ! मलाई एमाले पार्टी राम्रो लाग्यो, म यो पार्टीको सदस्य हुन्छु भन्दा तँलाई सदस्यता दिन्नौँ भन्ने कुरा हुन्छ ? हुँदैन । एमालेको विधि, विधान र नीति मानेर कोही आउँछ भने तँलाई इन्ट्री छ, तँलाई छैन भन्ने हुँदैन ।
भनेपछि सबैलाई एमालेले ढोका खुला गरेको हो ?
एमालेको नीति विचारलाई आत्मसात गरेर आउनेलाई ढोका खुला छ, बन्द हुँदैन । नीति विचार नमान्ने त कोही आउँदैन ।
भोलि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि एमालेको नीति विचार मान्छु भनेर आए भने भित्र्याउने ?
तपाईंहरू कस्तो कुरा गर्नुहुन्छ ? मान्छे परिवर्तन हुन सक्दैन ? मान्छे परिवर्तन हुन्छ कि हुँदैन ? यो कुरा बुझ्नपर्दैन ? पर्छ नि । मान्छेले एक समयमा ठीक ठानेको कुरा अर्को समयमा बेठीक रहेछ भन्ने ठाउँमा पुग्छ कि पुग्दैन ? हिजो मैले यो ठीक ठानेको थिए तर आज यो बेठिक रहेछ, यो चाहिँ ठीक रहेछ भन्न पाउँछ नि ।
तपाईंले त जोसुकैलाई पनि स्वागत भन्नुभयो नि र मैले यो प्रश्न गरेको, किन रिसाइहाल्नुभयो ?
जोसुकैलाई भनिनँ मैले । जे हो, त्यो मेरो कुरा बुझ्नु पर्यो नि । जोसुकैलाई भनेको होइन कि एमालेको नीति र विचार मान्ने, एमालेको झण्डा बोक्न तयार हुनेलाई खुला छ भनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो