बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रका ३२ वटा विभाग : धेरैको पूर्णता, केही अपूरै

बुधबार, २२ मङ्सिर २०७८, १५ : ५६
बुधबार, २२ मङ्सिर २०७८

नेकपा (माओवादी केन्द्र) ले ३२ वटा विभाग गठन गरेपनि केही विभागले अझै पूर्णता पाएका छैनन् । पूर्णता पाउन बाँकी रहेका विभागहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्णता दिने अधिकार दिएको छ । विभागको अलवा माओवादी केन्द्रले नीति अनुसन्धान प्रतिष्ठान गठन गरेपनि यसको प्रमुख र उप्रमुखसहित १५ सदस्य नियुक्त गर्न बाँकी रहेको छ । सामान्य प्रशासन र संसदीय विभागमा पनि १६÷१६ जना सदस्य नियुक्त भएका छैनन् । माओवादी केन्द्रले सवै विभागको पूर्णता दिएर मंसिर महिनाभित्र सपथ लिइ आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा विभागबाट १० प्रतिशत प्रतिनिधि चयन गर्नुपर्नेछ ।

माओवादीका सवै विभागले पूर्णता पाउदा ३५ सदस्यीय रहने छन् । त्यस्तै विपदमा नौ, श्रममा २, विज्ञानमा ३, वन तथा वातावरणमा २  सदस्य खाली नै रहेका छन् । त्यस्तै सुरक्षामा ७ तथा राजकीयमा मामला तथा सुशासनमा १० जना सदस्य खाली नै रहेको छ । त्यस्तै पुस्तकालय,निर्वाचन, जलश्रोत, खानेपानी, कोष तथा आर्थिक उपभोक्ता हित विभागले पनि पूर्णता पाएको छैन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालै जारी गरेको आन्तरिक सर्कुलरमा अर्थ विभाग प्रमुखमा वर्षमान पुन अनन्त रहेका छन् भने उपप्रमुख विन्दमान विष्ट रहेका छन् । त्यसैगरी उद्योग बाणिज्य तथा आपुर्ति विभागको नेतृत्व वामदेव क्षेत्रीले पाएका छन् । यो विभागको उपप्रमुखमा कृष्ण आचार्य रहेका छन् । उपभोक्ता हित आपुर्ति विभागको प्रमुखमा मात्रिका यादव रहेका छन् भनेउपप्रमुमख र १० जना सदस्यमा अहिलेसम्म कसैलाई पनि नियुक्त गरेको छैन ।

माओवादीले कृषि तथा भूमिसुधार विभागको प्रमुख नेता हरिबोल गजुरेललाई बनाएको छ भने उपप्रमुखको जिम्मेवारी पूर्णकुमारी सुवेदीलाई दिएको छ ।

त्यस्तै कोष तथा आर्थिक विभागको प्रमुखमा डोरप्रसाद उपाध्याय र उपप्रमुखको जिम्मेवारी विमल खतिवडाले पाएका छन् । यो विभागमा पनि ५ जना सदस्य नियुक्ती गर्न बाँकी नै रहेको सर्कुलरमा उल्लेख छ ।

नेता लीलामणि पोखरेलको नेतृत्वमा जलश्रोत तथा सिंचाई विभाग गठन भएपनि यसको उपप्रमुख कोही तोकिएको छैन । यो विभागमा पनि तीन जना सदस्य मनोनयन बाँकी नै रहेको छ ।

खिमलाल देवकोटाको नेतृत्वमा निर्वाचन विभाग बनाएपनि उपप्रमुख र सात जना सदस्य तोकेको छैन । माओवादीको कानुन न्याय तथा मानवअधिकार विभागको जिम्मेवारी मुक्तिनारायण प्रधानले पाएका छन् । यो विभागको पनि उपप्रमुख तोकिएको छैन । पुर्व मन्त्री झक्कु सुवेदी पर्यटन पर्वद्धन तथा नागरिक उड्डयन विभागको प्रमुख बनेका छन् भने प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी कृष्ण बहादुर महराले पाएका छन् । प्रचार तथा प्रकाशन विभागको उपप्रमुख महेश्वर दाहाल रहेका छन् । यो पार्टीले प्रादेशीक मामिला विभागको प्रमुखमा परशुराम तामाङ र उपप्रमुख हरिनारायण चौधरीले जिम्मेवारी पाएका छन् ।

पार्टी स्कुल विभागको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैले राखेका छन् भने यसको उपप्रमुखमा गिरिराजमणि पोखरेल चयन भएका छन् । पुस्तकालय तथा अभिलेख विभागको नेतृत्व नारायण शर्माले पाएका छन् भने उपप्रमुख र १२ जन सदस्य अझै तोकिएको छैन । हरि अधिकारीको नेतृत्वमा भौतिक पुर्वाधार तथा यातायात व्यवस्था विभाग बनाएको माओवादीले उपप्रमुख खाली राखेको छ ।

गणेशमान पुन प्रमुख र किरण राई उपप्रमुख रहेको युवा तथा खेलकुद विभाग बनाएको माओवादी केन्द्रले राजकीय तथा सुशासन विभागको प्रमुख र उपप्रमुखको जिम्मेवारी क्रमशः रेखा शर्मा र नरेश भण्डारीलाई दिएको छ । यो विभागमा पनि १० सदस्य खाली छ ।

राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी कृष्ण बहादुर महराले पाएका छन् भने उपप्रमुखको जिम्मेवारी सन्तकुमार दरैले पाएपनि ८ सदस्य पद रिक्त रहेका छन् । त्यसैगरी शक्ति बहादुर बस्नेतले वन तथा वातावरण विभागको जिम्मेवारी पाउदा सुनिलकुमार मानन्धर उपप्रमुख भएपनि २ सदस्य बाँकी नै रहेको छ । उता विज्ञान तथा प्रविधि विभागको प्रमुखमा गणेश शह रहेपनि उपप्रमुख र ३ सदस्य खाली रहेको छ ।

विदेश विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ रहेका छन् भने उपप्रमुखमा सुरेन्द्रकुमार कार्कीले जिम्मेवारी पाएका छन् भने शिक्षा तथा मानव श्रोत विभागको प्रमुखमा मायाप्रसाद शर्मा र उपप्रमुखमा जीवन गौतम रहेका छ्न् ।

श्रम तथा रोजगार विभागको प्रमुखमा रामेश्वर राय यादव रहेपनि उपप्रमुखसहित अन्य दुई सदस्य बाँकी नै रहेको छ । संगठन विभाग प्रमुखमा जनार्दन शर्मा रहेपनि उपप्रमुखसहित २१ जना सदस्य खाली रहेको छ ।

संघीय संसदीय विभागको प्रमुख अध्यक्ष प्रचण्ड आफै छन् भने उपप्रमुखमा कृष्ण बहादुर महरा रहेका छन् । यो विभागमा पनि १४ जना सदस्य नियुक्त भएका छैनन् । सत्या पहाडीको नेतृत्वमा समाजकल्याण विभाग गठन भएपनि उपप्रमुख तोकिएको छैन । त्यस्तै सहकारी तथा गरिवी निवारण विभागको प्रमुखमा धर्मदत्त देवकोटा चयन भएका छन् । यो विभागमा पनि उपप्रमुख तोकिएको छैन ।

शहरी विकास प्रमुखको जिम्मेवारी देवेन्द्र पौडेलले पाएका छन् भने उपप्रमुखको जिम्मेवारी डा. कलबहादुर रोकायाले पाएका छन् । यो विभागमा पनि दुई सदस्य खाली नै रहेको छ । टेकबहादुर बस्नेत सामान्य प्रशासन विभाग प्रमुख रहँदा उपप्रमुखमा भरत लामिछानेले जिम्मेवारी पाएपनि १६ सदस्य खाली नै रहेको छ ।

गोपाल ठाकुर प्रमुख रहेको साहित्य कला संस्कृति विभाग रहेको छ भने उपप्रमुख सरल सहयात्री रहेका छन् । स्थानीय तह विभाग प्रमुखको जिम्मेवारी उर्मिला अर्यालले पाएकी छन् भने उपप्रमुखको जिम्मेवारी प्रकाश विकल्पले पाएका छन् । उता स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा कल्पना धमला आएकी छन् भने उपप्रमुख तोकिएको छैन । सूर्यप्रसाद सुवेदीको नेतृत्वमा विपद व्यवस्थापन विभाग रहेपनि उपप्रमुख र ९ सदस्य खाली रहेको छ ।

नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख र उपप्रमुख कोही तोकिएको छैन, जसको सदस्य १५ जना खाली रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप