शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेयर बजारको गिरावट रोकिएन, आजै घट्यो ५३ अंक

बुधबार, २२ मङ्सिर २०७८, १५ : ३१
बुधबार, २२ मङ्सिर २०७८

सेयर बजारको घट्नेक्रम अझै नरोकिने देखिएको छ । निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि ५३ अंकले घटेको हो । साताको आइतबार ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार ३२ अंकले सुधारिएको थियो । तर, नेप्सेको टिकाउ मंगलबारसम्म पनि टिकेन र ३७ अंकले घट्यो ।

यससँगै यो साता कारोबार भएको चार दिनमध्ये एकदिन मात्रै बजार बढेको छ । बाँकी तीन दिन बजार निरन्तर ठूलो अंकले घट्दै छ । आज ५३ अंकले घटेसँगै नेप्से परिसूचक २४ सय ५५ अंकमा आइपुगेको छ । यसक्रममा आज २ अर्ब ६६ करोड रुपैयाँ बराबरको ६५ लाख कित्ता सेयर किनबेच भएको छ ।

बजार ५३ अंकले घटेको दिन सबै समूह राताम्मे बनेका छन् । निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा बढी २३५ अंकले घटेको छ भने जीवन बीमा समूह २९४ अंकले घटेको छ । यस्तै, उत्पादनमूलक समूह १७०, विकास बैंक १५१, लघुवित्त १२५ र व्यापार समूहमा ९९ अंकको गिरावट आएको छ ।

बजार घटेको दिन आज नेप्सेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ८.५४ प्रतिशतले घटेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०९ रुपैयाँले घटेर ११ सय ६८ अंकमा आइपुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप