ad
x

राप्रपाले समान विचार भएका पार्टीहरूसँग एकता गर्ने, कमान्डरमा धवल

person explore access_timeमंसिर २२, २०७८ chat_bubble_outline0

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान विचार भएका पार्टी तथा समूहहरूसँग एकता प्रक्रिया अघि बढाउने भएको छ । एकता महाधिवेशनपछि पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले समान विचार भएकाहरूसँग वार्ता गर्नका लागि महामन्त्री धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । समितिमा राणासहित सदस्यहरूमा ऋषि बाबु परियार, दिल विकास राजभण्डारी, पुष्पराज पुरुष र सीता ज्ञवाली रहेका छन् ।


त्यस्तै पाटीले महामन्त्री भुवन पाठकको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । समितिका सदस्यहरूमा भक्ति प्रसाद सिटौला, भरतजंग उप्रेती र सदस्य सचिव डा. गीताभक्त जोशी छन् ।



यता उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति पनि गठन गरिएको छ । यसमा डा. राजेश गिरि र भरत पाठक सदस्यहरू छन् । महामन्त्री कुन्ती कुमार शाहीको नेतृत्वमा गठन गरिएको लेभी निर्धारण समिति गरिएको छ । 



बैठकले सबै प्रदेश तथा जिल्ला सबै निकायको बैठक पुस महिना भित्र गरिसक्ने निर्णय गरेको छ । साथै सबै भ्रातृ सङ्गठनहरूको अधिवेशन ३ महिनाभित्र सम्पन्न गर्न सङ्गठनलाई निर्देशन पनि दिएको छ ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X