
देउवा पक्षको बैठक : क–कसले केमा राखे उम्मेदवारी ?

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरूको बैठक बोलाएका छन् । देउवाको निजी निवास बूढानीलकण्ठमा जारी बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल जारी छ । सभापति देउवाले यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसकेका छन् । आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल भइरहेको छ ।
क–कसले केमा राखे उम्मेदवारी ?
बैठकमा धारणा राख्ने क्रममा नेताहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार महामन्त्रीमा प्रकाशशरण महत र विश्वप्रकाश शर्माले दाबी प्रस्तुत गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले यसअघि महामन्त्रीमा आकांक्षा व्यक्त गर्दै आए पनि बैठकमा केही खुलाएनन् । उनले आफ्नो उचित मूल्यांकन हुने कुरा मात्र राखेका थिए ।
डिना उपाध्याय, पार्वता डिसी र अम्बिका बस्नेतले महिला सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए भने किशोर सिंह राठौरले खस आर्य सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । मानबहादुर विश्वकर्माले दलित कोटाबाट सहमहामन्त्री, अक्तर कमाल मुसलमान र फरमुल्लाह मन्सुरले मुसलमान कोटाबाट सहमहामन्त्रीले दाबी गरेका थिए । राम जनम चौधरी थारुबाट सहमहामन्त्री, सुनिल थापाले हाल कायम रहेको सहमहामन्त्री, महेन्द्र यादवले मधेसी सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । विजय कुमार गच्छदार उपसभापतिमा नै दाबी प्रस्तुत गरेका थिए भने रमेश लेखकले सभापतिबाहेक पदाधिकारीमा दाबी रहने बताए पनि पद भने खुलाएनन् ।
काँग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ