शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्रकर्मी कल्याणकारी कोषलाई कलाकारको सहयोग

बुधबार, २२ मङ्सिर २०७८, १४ : ०९
बुधबार, २२ मङ्सिर २०७८

अशक्त तथा आर्थिक अवस्था कमजोर भएका चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापना भएको चलचित्रकर्मी कल्याणकारी कोषमा आर्थिक सहयोग गर्ने कलाकर्मीहरुलाई सम्मान गरिएको छ । कोषलाई अमेरिकाका लागि नेपाली महाबाणिज्यदूत प्रेमराजा महतले एकलाख तीन हजार रुपैयाँ, निर्मात्री शारदा बस्नेतले ५१ हजार रुपैयाँ, अभिनेता पल शाहले १ लाख ११ हजार १ सय ११ रुपैयाँ  दिएका छन् ।

राजधानीमा आयोजित एक समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषाल, चलचित्र द्वन्द संघका अध्यक्ष नारायण प्रधानले कदरपत्र प्रदान गरे ।

समारोहमा कोषकी संयोजक बसुन्धरा भुषालले सम्पूर्ण सहयोगी मन, दाता, संघ, संस्था सबैमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहयोगको अपेक्ष गरेको बताइन् । समारोहमा कल्याण कोषकी सदस्य समेत रहेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो तर्फबाट एक लाख रुपैयाँ तथा चलचित्रकर्मी दीपकराज गिरीको तर्फबाट एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिन् ।

‘कल्याणकारी कोषको स्थापनाकालदेखि वर्षैंसम्म अत्यन्तै खट्ने आदरणीय बसुन्धरा दिदीप्रति हृदयभरको सहानुभूति प्रकट गर्दै अबका दिनदेखि आदरणीय बसु दिदीको सर्हानीय खटाइको जिम्मेवारी म लिन्छु’ अभिनेत्री निरौलाले समारोहमा भनिन् । चलचित्र कलाकार संघका अध्यक्ष तथा कोषका सदस्य रविन्द्र खड्काले सहयोग गर्ने प्रति आभार ब्यक्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप