
प्रकाशमान र शेखर सहमतिमा नआए रामचन्द्रलाई सभापतिको उम्मेदवारमा अघि सार्ने निर्णय

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच सभापतिको दावीका सन्दर्भमा सहमति हुनुपर्नेमा जोड दिएका छन् । उनीहरु एकापसमा सहमत नभए रामचन्द्र पौडेललाई १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय भएको छ ।
बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले सहमतिमै सभापतिको उम्मेदवार तय गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमतिमा जोड दिएका हुन् । सिंह र कोइरालाले सभापतिमा दावेदारी प्रस्तुत गरिरहेका छन् भने दुई नेताहरुबीच सहमति भएको खण्डमा आफू दावी छाड्न पौडेलका साथै शशांकले समेत तयार भइसकेको बताइसकेका छन् ।
यस्तो परिस्थितिमा केन्द्रीय सदस्यहरुको बैठकले सभापतिका आकांक्षी दुई नेताबीच सहमति नभए रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय भएको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । यो प्रस्ताव उनीहरुले पौडेलसहितका नेताहरुकहाँ लग्ने भएका छन् ।
आजै पौडेल, कोइरालाद्वय र सिंहसहित केन्द्रीय सदस्यहरुको बैठक ३ बजेका लागि बोलाइएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुन लागेको अवस्थामा पौडेल समूहले हालसम्म सभापतिको साझा उम्मेदवार तय गर्न सकेको छैन । त्यसकै लागि नेताहरु केही दिनयता निरन्तर छलफलमा रहेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ