सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

‘ट्रान्सजेन्डर’ लाई महिनावारीको ‘महाव्यथा’

के पुरुषलाई पनि हुन्छ महिनावारी ?
बुधबार, २२ मङ्सिर २०७८, १२ : ४५
बुधबार, २२ मङ्सिर २०७८

ट्रान्सजेन्डर मेन (पारालिङ्गी पुरुष) राज चौधरी ११ वर्षको हुँदा महिनावारी भए । सानै उमेरदेखि आफूलाई पुरुष सोच्ने भएकाले उनलाई आफू महिनावारी भएको भन्ने आँट नै आएन । उनी भन्छन्, ‘अहिले आएर लाग्छ, मजस्तै थुप्रै साथीहरूलाई महिनावारी र प्याडको विषयमा जानकारी गराउनुपर्छ ।’

महिलाको अंग लिएर जन्मिए पनि उमेर बढ्दै जाँदा आफूलाई पुरुष भएको अनुभूति हुने व्यक्तिलाई पारालिङ्गी पुरुष (ट्रान्सजेण्डर मेन) भनिन्छ । आफूलाई पुरुष हुँ भन्ने भएपछि सम्राट चौधरीलाई (पारलिङ्गी पुरुष) महिनावारी नभइदिए हुन्थ्यो भन्ने लाग्छ । उनी भन्छन्, ‘मलाई पहिलो पटक महिनावारी हुँदा एकदमै डर लागेको थियो । साथै, अप्ठ्यारो महसुस पनि भयो । मैले आमालाई आफू महिनावारी भएको जनाएँ । म पुरुष हुँ तर म किन महिनावारी भएँ ? मेरो ढाड, पेट किन दुख्यो भनेर अचम्मित भएँ ।’

आफूलाई पुरुष हुँ भन्ने भएपछि सम्राट चौधरीलाई (पारलिङ्गी पुरुष) महिनावारी नभइदिए हुन्थ्यो भन्ने लाग्छ । उनी भन्छन्, ‘मलाई पहिलो पटक महिनावारी हुँदा एकदमै डर लागेको थियो । साथै, अप्ठ्यारो महसुस पनि भयो । मैले आमालाई आफू महिनावारी भएको जनाएँ । म पुरुष हुँ तर म किन महिनावारी भएँ ? मेरो ढाड, पेट किन दुख्यो भनेर अचम्मित भएँ ।’

आफ्नो लैङ्गिक पहिचान फरक हो भन्ने थाहा पाएपछि महिनावारी नहोस् भनेर जथाभावी औषधिको प्रयोग गर्नेहरू पनि प्रशस्तै छन् । पारालिङ्गी पुरुष (ट्रान्सजेण्डर मेन) संयोग केसीले महिनावारी बन्द गर्न धेरै औषधिको प्रयोग गरेको बताउँछन् । उनी भन्छन्, ‘म सानैदेखि आफूलाई छोरा महसुस गर्थेँ । तर १२ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएँ ।’ परिवारका कसैलाई पनि आफ्नो महिनावारीबारे जानकारी गराउन नसकेका उनी प्याड लिएर आउँदा देख्ने मान्छेहरू खिल्ली उडाउने गर्थे । उनले महिनावारी बन्द गर्न विभिन्न औषधि सेवन गरे । यसले महिनावारी तलमाथि हुने, अत्यधिक रगत बग्ने र शरीरमा अन्य समस्या आएर धेरै दुःख पाए ।

ट्रान्सजेण्डर मेन चन्द्र सिंह महिनावारीको बेला यात्रा गर्नुपर्दा झन तनाव खेप्नुपर्ने बताउँछन् । ‘एकपटक यात्राको क्रममा महिनावारी भयो । तर पुरुष या महिला कुन शौचालय प्रयोग गरेर प्याड फेर्ने दुविधा भयो,’ उनले भने, ‘मेरी पार्टनर स्वस्तिका परियार पुरुष शौचालय बाहिर ढोकामा कुरेर बसेपछि बल्ल ढुक्कले प्याड फेरें ।’

खुलेर छलफल आवश्यक

महिनावारी महिलाको नियमित प्रक्रिया हो । अनि यो प्राकृतिक कुरा पनि । तर यौनिक तथा लैङ्गिक समुदाय भित्रका समलिङ्गी, द्वयलिङ्गी र ट्रान्सजेन्डर महिला (एलजिबिटीआई) का लागि यो कठिन विषय बन्ने गरेको छ । मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसी एलजिबिटीआई समुदायभित्र पनि महिला हुने भएकाले महिनावारीको विषयमा खुलेर छलफल गर्नुपर्ने विषय भएको बताउँछिन् ।

ट्रान्सजेण्डर मेन चन्द्र सिंह महिनावारीको बेला यात्रा गर्नुपर्दा झन तनाव खेप्नुपर्ने बताउँछन् । ‘एकपटक यात्राको क्रममा महिनावारी भयो । तर पुरुष या महिला कुन शौचालय प्रयोग गरेर प्याड फेर्ने दुविधा भयो,’ उनले भने, ‘मेरी पार्टनर स्वस्तिका परियार पुरुष शौचालय बाहिर ढोकामा कुरेर बसेपछि बल्ल ढुक्कले प्याड फेरें ।’

आफूभित्र पाठेघर भएर पनि आफूलाई महिला भन्न नरुचाउने ट्रान्सजेण्डर पुरुषहरू महिनावारीका विषयमा विभिन्न समस्याहरू झल्ने केसी बताउँछिन् । केसी भन्छिन्, ‘सबै महिला महिनावारी हुँदैनन् । व्यक्ति महिनावारी हुने हो । ट्रान्सजेण्डर महिलाको हकमा उनीहरू महिनावारी हुँदैनन् । किनकी उनीहरूको पाठेघर हुँदैन ।’ आफू पनि द्वयलिङ्गी (बाइसेक्स्युअल) केसीले आफूलाई महिला बन्न मन रुचि जाग्ने तर पाठेघर नभएकाले महिनावारी नहुने जनाइन् ।

समलिङ्गी महिलाहरू महिनावारी हुनुलाई प्राकृतिक रूपमा नै लिइन्छ तर परालिङ्गी पुरुष (ट्रान्सजेण्डर मेन) हरू महिनावारीको विषयमा छलफल गर्न पनि नरुचाउने केसी बताउँछिन् । उनका अनुसार उनीहरू आफूलाई पुरुष सम्झे पनि महिनावारी हुँदा महिला भएको हो कि ? भनेर तनावमा पर्ने गरेका छन् ।

केसीको अनुभवमा पारालिङ्गी पुरुषहरू महिनावारीलाई लाजको रूपमा लिने, महिनावारी रोक्न जथाभावी विभिन्न औषधि प्रयोग गर्ने र यसले स्वास्थ्यमा गम्भीर असर पर्ने र बिरामी समेत हुने गरेका छन् । परालिङ्गी पुरुषहरू प्याड किन्न जाँदा पनि धेरै समस्याहरू झेल्नु पर्दा लामो समयसम्म एउटै प्याडको प्रयोगले यौनाङ्गमा इन्फेक्सन हुने गरेको छ । यस्ता कतिपय व्यक्तिहरूले पाठेघर नै राख्न नचाहेको विवशता पोख्छन् । तर पाठेघर फाल्दा झन जटिल समस्या आउने चिकित्सकहरु बताउँछन् ।

ट्रान्सजेण्डर पुरुषले आफूलाई पुरुष हुँ भन्ने मानेपछि त्यसलाई विश्वास गर्ने र त्यसलाई स्वीकार गर्नुपर्ने धारणा राख्छन् केसी । महिनावारीलाई लाजको रूपमा नलिन बरु गर्वका साथ लिन सबैलाई जागरुक गराउनुपर्नेमा उनको जोड छ ।

मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलान आफू समलिङ्गी हुन् । साधारणतया १२ देखि १५ वर्षको उमेरमा महिनावारी सुरू हुने भनिए पनि उनी १८ वर्षको उमेर महिनावारी भइन् । उनलाई पनि महिनावारी नै नभइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । पछि प्राकृतिक प्रक्रियालाई विस्तारै बुझ्दै जाने क्रममा बुझ्दै सामन्य रूपमा लिदै गएको बताउँछिन् । ट्रान्सजेण्डर पुरुषल प्याड किन्न जाँदा ‘दाई’ भनेर बोलाउने अनि आवाज सुन्दा ‘दिदी’ पो रहेछ भन्दा लज्जाबोध हुने भएकाले समस्या हुने गरेको उनी बताउँछिन् ।

के हो महिनावारी ?

बालिका किशोरावस्थामा प्रदेश गरेदेखि सुरु हुने स्वाभाविक जैविक प्रक्रिया हो, ‘महिनावारी’ । साधारणतया १२ देखि १५ वर्षको उमेरमा महिनावारी सुरू हुन्छ । यसलाई महिनावारी बार्ने, छुई, पर सर्ने तथा छाउ प्रथाजस्ता विभिन्न नाम दिइएको छ ।

शरीरमा भएका हर्मोनको मात्रामा हुने परिवर्तनले महिनावारी हुन्छ । यो प्राकृतिक सरसफाइ प्रक्रिया पनि हो । एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत पनि हो महिनावारी । तर, आम नेपाली समाजमा महिनावारी हुनुलाई ‘पाप’को रूपमा लिइन्छ । हाम्रै घर समाजमा हेर्न सक्छौं, किशोरी पहिलो पटक महिनावारी हुँदा उसलाई लुकाउने चलन छ । हरेक महिना महिनावारी हुँदै गर्दा उनी अछुत हुन्छिन् ।

घरमा पालिएको कुकुर जान मिल्ने स्थानमा महिनावारी भएकी महिला जान पाउँदिनन् । हिजोसम्म चोखो र पवित्र मानिएकी एउटी किशोरी महिनावारी भएपछि अछुत बन्न पुग्छिन् । उनले छोएको पानी चल्दैन, पूजा कोठा त परको कुरा भान्छा चल्दैन । महिनावारी भएपछि ४ दिन अलग्गै कोठामा राखिन्छ र खाना पुर्याईन्छ । पुरुषहरू अर्थात् दाजु–भाई, श्रीमान्–ससुरालाई छुनु हुँदैन भन्ने चलन छ । हिजोसम्म कन्या देवीको रूपमा पुजिने किशोरीलाई महिनावारी भएका बेला ‘भगवानले सरापे’ भन्दै छिःछि र दुरदूर गरिन्छ ।

महिनावारी भएका बेला आवश्यक सरसफाई र आराम हो । पोषिलो खानेकुरा हो । तर असह्य पीडा भए पनि औषधि दिइदैन । हाम्रो समाजमा महिनावारी भएपछि यो छुन हुन्छ र त्यो छुन हुँदैन, भनेको नमाने पाप लाग्छ भन्ने मनोविज्ञानले भरिएको छ । किशोरीदेखि दिमागमा महिनावारीमा पाप र धर्मको कुरामात्रै भरिदिएपछि ती महिला पछि पनि पाप र धर्ममै अल्झिन पुग्छिन् ।

महिनावारीको बेला परिवारमा धेरैले हिंसा झेल्नुपर्ने बाध्यता छ । पछिल्लो वर्षहरूमा ‘महिनावारी’ को समयमा हुने महिलामाथिको हिंसाको विषयमा आवाज उठ्न थालेको छ । यही क्रममा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा पनि यसलाई जोडिन थालिएको छ । यस वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको १४ औं दिनमा तेस्रो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ ।

महिनावारी हुने यौनिक तथा लैंगिक समुदाय भित्रका सबै महिला परे पनि समलिङ्गी महिला, ट्रान्सजेन्डर महिलाहरूका विषयमा कसैको ध्यान गएको पाइँदैन । परिवार, छिमेक, समुदाय हुँदै राज्यस्तरबाट समेत बेवास्तामा परेको यो समुदायका महिलाहरूले महिनावारीका समयमा भोगेका पीडा झन कष्टकर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रतिक्षा भट्ट
प्रतिक्षा भट्ट
लेखकबाट थप