जनकपुरमा सीताराम विवाह महोत्सव, तस्बिरमा हेर्नुहोस्
जनकपुरधाममा धुमधामका साथ सीताराम विवाह महोत्सव हुँदैछ । विवाह महोत्सवका अवसरमा बुधबार प्रदेश २ सरकारले सार्वजनिक बिदासमेत दिएको छ । मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र आदर्शनारी सीताको विवाह भएको हो । सोही दिनको सम्झनामा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।
विवाह पञ्चमीमा राम जानकीको डोलालाई जनकपुरमा स्वयम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन छ । बुधबार दिउँसो साधुसन्तको अगुवाइमा झाँकी, किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निकालेर ऐतिहासिक रंगभूमि मैदान (बाह्र बिघा)मा डोलाफेर गरी सीतारामको स्वयम्बर हुने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त रामरोशन दास वैष्णवले बताए ।
रामजानकीको डोलासहित जनकपुरधाम नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि रामजानकीको विवाहको कार्यक्रम हुनेछ । राम मन्दिर र जानकी मन्दिरबाट डोला निस्केपछि डोला दर्शन गर्न श्रद्धालु भक्तजनहरुको व्यापक भिड रहन्छ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान रामका बुबा अर्थात राजा दशरथको भूमिकामा रहन्छन् भने जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव छोरी सीताको बुवा राजा जनकको भूमिकामा हुन्छन् ।
यस महोत्सवमा दर्शनका लागि नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौँ श्रद्धालु भक्तजनहरु जनकपुरधाम आएका छन् । साताव्यापी रुपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवमा नगरदर्शन, फूलबारी लिला, धनुषा यज्ञ, तिल्कोत्सव, मटकोर कार्यक्रम सम्पन्न भइसकेको छ भने आज सीतारामको विवाह पश्चात बिहीबार रामकलेवा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने महन्त रामतपेश्वर दास वैष्णवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके
-
राष्ट्रपति र कतारका राजाबिच आपसी सम्बन्ध मजबुत बनाउनेबारे छलफल
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ