२४ दिनमा सकियो फिल्म ‘बुलाकी’
फिल्म ‘बुलाकी’ को छायाँकन सकिएको छ । सुटिङ सुरु भएको २४ औं दिनमा फिल्मको छायाँकन सकिएको हो । फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् ।
फिल्मको दुई गीत छायांकन बाँकी राखेर निर्माण युनिट डोल्पाबाट काठमाडौं फर्किएको हो । बाँकी रहेको गीतको छायांकन पुसपछि गर्ने निर्देशक सुनारले जानकारी दिए । फिल्मको दृश्य सम्पूर्ण दृश्यको छायांकन डोल्पामै भएको छ ।
सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीको मुख्य भूमिका रहेको फिल्म मोती विष्टको प्रस्तुति र गोपाल विष्टको निर्माणमा बनेको हो ।
निर्देशक सुनार स्वयंको लेखन र सौगात कँडेल सह–निर्माता रहेको फिल्म शिव ढकालले खिचेका हुन् । नेपाली समाजमा बिद्यामान जारी प्रथा कथाको रुपमा उठाएको फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाई, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय देख्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा
-
कुमारी बैंक लिमिटेड र भिजन कार्टबिच सम्झौता
-
विवाहपञ्चमी महोत्सव र गढीमाई मेलालाई व्यवस्थित बनाइने
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
-
सन्तोषनारायणको नियुक्तिपछि सेबोनमा नवराजले छाडे प्रवक्ताको जिम्मेवारी