बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य ५०० ले बढ्यो, कति छ आज ?

बुधबार, २२ मङ्सिर २०७८, ११ : १८
बुधबार, २२ मङ्सिर २०७८

आज बुधबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जानकारी दिएको हो । मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

हिजो मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि उकालो लागेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदीको प्रतितोला मूल्य आज १२ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप