मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अम्बानीकै बाटोमा हिँडे विक्की कौशल–कट्रिना कैफ

बुधबार, २२ मङ्सिर २०७८, ११ : १०
बुधबार, २२ मङ्सिर २०७८

विक्की कौशल र कट्रिना कैफ राजस्थानमा विवाह बन्धनमा बाँधिदैछन् । ८ डिसेम्बरमा बिहान ११ बजे यो जोडीको हल्दी सेरेमनी हुनेछ र त्यसपछि आफ्टर पार्टी हुनेछ । ९ डिसेम्बर दिउँसो यी दुई विवाह बन्धनमा बाँधिनेछन् । यो विवाहलाई गोप्य बनाउनका लागि विवाहमा आउने हरेक पाहुनाले जिरो मोबाइल पोलिसी अपनाउनुपर्नेछ ।

विवाहका बेला कसैलाई पनि मोबाइल फोन भित्र लैजाने अनुमति छैन । यसैबीच यदि कसैले आफ्नो मोबाइल कुनै आवश्यक काममा लागि लैजान चाहन्छन् भने उनीहरुको मोबाइल क्यामरामा ‘डिजिटल मिडिया सिक्योरिटी स्टिकर’ लगाइनेछ । यस्तो गरेपछि पाहुनाले भित्र कुनै पनि प्रकारको फोटो र भिडियो खिच्न पाउने छैनन् । स्रोतलाई विश्वास गर्ने हो भने यदि कसैले स्टिकर निकाल्ने कोसिस गरेको खण्डमा उनीहरुमाथि कानुनी कारवाहीसमेत हुनसक्छ ।

अम्बानीको छोराको विवाहमा यस्तै गरिएको थियोः

यसअघि यो प्रविधिको प्रयोग मुकेश अम्बानीका छोरा आकाश अम्बानीको विवाहमा भएको थियो । आज पनि कोही अम्बानीको घरभित्र जान्छन् भने उनीहरुले मोबाइल स्टिकर प्रोटोकलको पालना गर्नुपर्ने भारतीर सञ्चार माध्यमले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप