शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा ट्रक आगजनी गरेको आरोपमा काठमाडौंबाट एक युवक पक्राउ

बुधबार, २२ मङ्सिर २०७८, १० : ४०
बुधबार, २२ मङ्सिर २०७८

 कैलालीको लम्कीचुहा नगरपालिका–१ मा दुर्घटनापछि भएको प्रदर्शनमा ट्रकमा आगजनी गरेको आरोप लागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । लम्की–१ घर भएका २२ वर्षीय विशाल बटलालाई सोमबार मैतीदेवीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।  

मंसिर ९ मा लम्कीचुहामा भाडाको ट्रकले ठक्कर दिँदा टिकापुर बस्ने गोमा थापाको घटनास्थलमै नै मृत्यु भएको थियो । त्यसबारे प्रदर्शन हुँदा विशालले सो ट्रकलाई पेट्रोल छर्केर आगजनी गरेको आरोप छ ।  आगजनीबाट ट्रकको सामान पनि जलेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप