बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद
बुधबार, २२ मङ्सिर २०७८, १० : ३५
![बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद](https://rpcdn.ratopati.com/media/albums/child_rape_t2VOhITZhW.jpg)
सङ्खुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ । १३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका-९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेको हाे ।
न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मङ्सिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडितले राहत कोषमा २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले बताए । पीडित बालिकालाई आरोपितले गत वैशाखमा बलात्कार गरेको मुद्दा परेको थियो ।