बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयमा ‘पढ्दै कमाउँदै ’कार्यक्रम लागू गर्छौँ : शिक्षामन्त्री पौडेल

बुधबार, २२ मङ्सिर २०७८, १० : ०५
बुधबार, २२ मङ्सिर २०७८

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमुना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेपछि विद्यार्थीहरूलाई किशोरावस्थाबाटै उद्यमशीलतातर्फ अगाडि बढ्न प्रेरणा मिल्ने मन्त्री पौडेलको भनाइ छ । “अहिले परीक्षणका लागि केही विद्यालयमा मात्रै पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारीमा छौँ”, उनले भने, “आगामी तीन वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः कार्यक्रम लागू गर्दै जानेछौँ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप