सर्लाहीमा शेखर निकट अमरेश महाधिवेशन प्रतिनिधिमै पराजित, देउवा पक्षको क्लिन स्विप
![सर्लाहीमा शेखर निकट अमरेश महाधिवेशन प्रतिनिधिमै पराजित, देउवा पक्षको क्लिन स्विप](https://rpcdn.ratopati.com/media/albums/amresh_kumar_JU19OgglyH.jpg)
नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट सिंह २४८ मत मात्रै ल्याएर महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। सभापतिका दाबेदार शेखर कोइरालानिकट मानिने उनी मधेसी कोटामा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा थिए । महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि सहमहामन्त्रीको उम्मेदवार भन्ने आकाङ्क्षामा धक्का लागेको छ ।
सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति शेरबहादुर देउवा पक्षको प्यानल नै विजयी भएको सर्लाही काँग्रेस सभापति नगेन्द्र रायले रातोपाटीलाई बताए । देउवा निकट रायले भने, 'सर्लाही क्षेत्र नम्बर ४ मा सभापति शेरबहादुर देउवाको प्यानलका सबै महाधिवेशन प्रतिनिधिका उम्मेदवार विजयी हुनुभएको छ । सर्लाही क्षेत्र नम्बर ४ को कार्यसमितिमा पनि हाम्रो पक्षले क्लिन स्विप गरेको छ ।'
सर्लाहीमा क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेकोले आफूहरू पराजित हुन परेको सिंह पक्षको आरोप छ । सभापति रायका अनुसार क्षेत्र नम्बर ३ मा उम्मेदवारी फिर्ता लिने समय आज रहेको छ भने क्षेत्र नम्बर १ मा मतगणना जारी छ । क्षेत्र नम्बर २ मा आज बिहान ९ बजेदेखि मतदान सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
-
अभिनेत्री हिना खानलाई ब्रेष्ट क्यान्सर
-
खेल क्षेत्रलाई संस्थागत विकास गर्न घरेलु प्रतियोगिताको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड
-
महामन्त्री मुकुल ढकालमाथि कारबाही हुनसक्छ : उपसभापति अर्याल
-
एमाले अध्यक्ष ओलीले किन बोलाए मन्त्रीहरूलाई बालकोट ?
-
सर्वोच्चद्वारा भौतिक मन्त्रालयका पूर्वसहसचिव रञ्जितकार भ्रष्टाचारी ठहर