शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रा सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयमा स्थापित पुरस्कारको घोषणा

बुधबार, २२ मङ्सिर २०७८, ०८ : २४
बुधबार, २२ मङ्सिर २०७८

लण्डन । अक्सफोर्ड विश्वविद्यालयले प्रा सूर्यप्रसाद सुवेदीको नाममा स्थापना गरेको विद्यावारिधिको सर्वोत्कृष्ट शोध ग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कारको विजेता घोषणा गरेको छ । जस अनुसार यो वर्षको पुरस्कार डा निजोदी नेदेयुन्येमालाई नामिबियाको संविधानमा भएको पानी सम्बन्धी अधिकार को व्याख्या भन्ने विषयमा केन्द्रित उनको विद्यावारिधिको शोध ग्रन्थका लागि प्रदान गरिएको छ।

डा निजोदी नेदेयुन्येमाको उक्त शोधग्रन्थ यो वर्षको अक्सफोर्ड विश्वविद्यालयको कानुन संकायको सर्वोत्कृष्ट शोधग्रन्थमा छनौट भएको थियो। अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्रा सुवेदीलाई उक्त विश्वविद्यालयले  सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो र सन् २०२० मा प्रा सुवेदीको नाममा उक्त वार्षिक पुरस्कार स्थापना गरेको थियो।

 प्रा सुवेदी बेलायतको लीड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक र वेलायतका ब्यारिष्टर र क्युसी हुन्।  उनलाई अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको गौरव बढाउन उल्लेख्य योगदान पुर्‍याएको भन्दै सन् २०२१ मा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभाले मानार्थ प्राज्ञ बनाएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप