शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्टरलाई हराउँदा रियलको गोलको कीर्तिमान

बुधबार, २२ मङ्सिर २०७८, ०७ : ०६
बुधबार, २२ मङ्सिर २०७८

कीर्तिमानी १३ पटकको विजेता रियल म्याड्रिडले १० खेलाडीमा सीमित इन्टर मिलानलाई पराजित गर्दै समूह डीको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ । पराजित भए पनि इन्टरले पनि दोस्रो बन्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

रियललाई हराएको भए इन्टरले समूहको शीर्ष स्थानमा कब्जा गर्ने अवसर थियो । तर, रियलको घरेलु मैदानमा इन्टर २ ० गोलले पराजित हुन पुग्यो । रियलको जीतमा टोनी क्रुसले खेलको १७ औँ मिनेटमा पहिलो गोल गरे । युरोपियन प्रतियोगितामा रियलको यो १ हजारौँ गोल थियो । यो कोशेढुंगा पार गर्ने रियल पहिलो क्लब बनेको छ ।

खेलको ६४ औँ मिनेटमा निकोलो बरेलाले रातो कार्ड खाएपछि इन्टर १० खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै मार्को असेन्सियोले दोस्रो गोल गर्दै रियलको जीत सुनिश्चित गरे । यसअघि लाउटारो मार्टिनेज, एडिन जेको र इभान पेरिसिचले इन्टरका लागि गोलको अवसर गुमाएका थिए । समूहकै अर्को खेलमा शाख्तार डोनेस्क र शेरिफ ट्रियास्पोलले बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप