सार्कलाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सार्क प्रक्रियालाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । सार्क स्थापनाको ३७औँ वर्ष प्रवेश अर्थात् सार्क बडापत्र दिवसको अवसरमा सदस्य राष्ट्रका जनता र सरकारलाई आज बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्रीले १९औँ शिखर सम्मेलन चाँडो आह्वान गरेर सङ्गठनलाई नवजीवन दिनुपर्ने बताएका हुन् ।
सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको प्रमुख खाका भएको र त्यसबाट दक्षिण एशियाका जनताको हितमा केही उल्लेखनीय प्रगति भएको बताउँदै प्रधानमन्त्री देउवाले यद्यपि क्षेत्रीय सद्भाव प्रवद्र्धन, गरिबी र असमानताको अन्त्य, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्ने हाम्रा प्रयासहरूले आवश्यक सामथ्र्य हासिल गर्न बाँकी रहेको यथार्थ प्रस्तुत गरेका ५न् ।
प्रधानमन्त्रीले कोभिड–१९ महामारीबाट उत्पन्न चुनौती र जोखिमलाई उल्लेख गर्दै उत्थानशील पुनरुत्थान एवं सुदृढ पुनःनिर्माणमा केन्द्रित हुँदै क्षेत्रीय समझदारी र ऐक्यबद्धतालाई पुनः आत्मसात गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
साथै प्रधानमन्त्रीले दक्षिण एशियाका जनताको बृहत्तर हितका खातिर सार्कलाई सक्षम बनाउन नेपालले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । सहयोग, विश्वास र समझदारीमा आधारित सार्कलाई अझ प्रभावकारी र परिणाममुखी तुल्याउन उनले सदस्य राष्ट्रहरूसँग आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'