बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडामा ४७ करोड ९३ लाखको भ्यूटावर बन्ने

मङ्गलबार, २१ मङ्सिर २०७८, २३ : ००
मङ्गलबार, २१ मङ्सिर २०७८

बागमती प्रदेश राजधानी हेटौँडामा रु ४७ करोड ९३ लाख लागतमा भ्यूटावरसहितको व्यापारिक भवन निर्माण गर्नेबारे आज हेटौँडामा सम्झौता भएको छ ।  

हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा  निर्माण हुने  सो भवनका लागि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई तथा बानियाँ  निर्माण कम्पनीका प्रबन्धक ऋषिराज बानियाँबीच सम्झौता भएको हो । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको उपस्थितिमा सम्झौता भएको उक्त भवन उपमहानगरपालिकाद्वारा निर्माण गर्न लागिएको हो । १२ तल्ले उक्त भवनको नाम हेटौँडा बहुद्देश्यीय व्यापारिक भवन रहेको छ । भवन तीन वर्षभित्र निर्माण हुने बताइएको छ । हुप्राचौरको दक्षिणतर्फ रहेको वासुदेव सभागृहलाई भत्काएर भ्यूटावरसहितको व्यापारिक भवन निर्माण हुने बताइएको छ ।

उपमहानगरपालिकाका इन्जिनियर सत्यनारायण शाहका अनुसार एक बिघा छ कट्ठा जमिनमा भवन निर्माण गरिने छ । छैटौँ तल्लासम्म व्यापारिक सटर हुनेछ भने छैटौँ तल्लामाथि भ्यूटावर रहने बताइएको छ । सो अवसरमा उपमहानगरपालिका प्रमुख महतले  भवन समय अवधिमा पूरा गर्नुपर्ने बताउँदै हेटौँडाको गरिमालाई अगाडि बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप