चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई छात्रवृत्ति दिने
नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस विषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । प्रत्येक प्रदेशमा बीबीएम इ–बिजनेश पढ्न चाहने एकजना छात्रालाई पूर्ण निःशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिनेगरी फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयु) भएको हो ।
समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । चेम्बरसँगको सहकार्यमा फाउण्डेसनले स्नातक तहको पढाइमा १ करोड १७ लाख रुपैयाँ सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष जलानल बताए । चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी आर्थिक सहयोग उपलव्ध गराउने बताए । लक्षित वर्गमा सो सहयोग रकम पुगोस् भन्नेमा चेम्बर सजग रहेको मल्लको भनाइ छ ।
सूचना प्रविधिको विकाससँगै अबको दिनमा इ–बिजनेश शिक्षा प्रभावकारी हुने जलानले बताए । पढाइ पूरा गरेका विद्यार्थीलाई खल्ती वालेटसँगको सहकार्यमा रोजगारीसमेत उपलब्ध गराउने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विनय खड्काले इ–बिजनेशमा स्नातक तह पार गरेका विद्यार्थीलाई खल्तीले २ वर्षसम्म सशुल्क इन्टर्नसीप व्यवस्था गराउने बताए । समझदारीपत्र हस्ताक्षर समारोहमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र शिक्षा समिति सभापति दीपककाजी तुलाधर पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला