बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ऊर्जा मन्त्री रानाद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

मङ्गलबार, २१ मङ्सिर २०७८, २१ : ०२
मङ्गलबार, २१ मङ्सिर २०७८

नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई वीरबहादुर रानाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै रानाले काँग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।

विद्यार्थी राजनीति हुँदै काँग्रेसको राष्ट्रिय मगर संघको केन्द्रीय संयोजक तथा पाल्पाको पूर्व सभापति रानाले व्यक्तिवादी राजनीतिको अन्त्य गरी संस्थागत विधिको विकासका लागि आफ्नो उम्मेदवारी गरेको बताए । 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रानाले पार्टीको संस्थागत विकास गर्न र परिणाममुखी कार्यका लागि आफू केन्द्रीय सदस्य बन्नुपर्ने बताए । जिल्ला र प्रदेशमा आफूले गरेको कामले पनि  नेता कार्यकर्ताको सल्लाह अनुसार नै केन्द्रीय सदस्यमा  उम्मेदवारी दिने निर्णय गरेको रानाको भनाइ छ ।

काँग्रेस पाल्पाका सभापति हिमाल श्रेष्ठ, जिल्ला सदस्य विष्णुप्रसाद पाण्डेयले  रानाले पार्टीलाई थप चलायमान र संगठन बलियो बनाउने भन्दै केन्द्रीय सदस्यमा जिताउनुपर्ने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप