मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

शशांक कोइरालाले छोडे सभापतिको दाबी

मङ्गलबार, २१ मङ्सिर २०७८, २३ : ११
मङ्गलबार, २१ मङ्सिर २०७८

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी छोडेका छन् । मंगलबार दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको रामचन्द्र पौडेल पक्षीय नेताहरूको बैठकमा कोइराला सभापतिको दाबी छोडेका हुन् ।

पौडेलको आग्रहमा आफूले सभापतिको दाबी छोडेको कोइरालाको भनाइ छ । ‘मैले दाबी छोडेँ। रामचन्द्रजीले एक पटक छोडिदिनुस् मेरो लागि भन्नुभएको छ,’ सञ्चारकर्मीसँग कोइरालाले भने । तर अरू मिले पौडेलले पनि सभापतिको दाबी छाड्ने सङ्केत देखाएको महामन्त्री कोइरालाले बताए । ‘अरू मिले उहाँ  (रामचन्द्र पौडेल)ले छोड्ने सङ्केत गर्नुभएको छ,’ उनले भने ।

शेखर कोइराला र प्रकाशमान सिंह भने सभापतिको दाबी छाड्ने पक्षमा नरहेको कोइरालाको भनाइ छ । ‘शेखर र प्रकाशमान छोड्ने पक्षमा देखिनुहुन्न,’ उनले भने । भोलि बिहान साझा उम्मेदवार तय गर्नुपर्ने कोइरालाको जोड छ । ‘हामीसँग छलफल गर्ने समय अब छैन। राति टुङ्‍गिन नसके भोलि बिहान त पक्कै सकिन्छ,’ उनले भने । 

पौडेल पक्षको भोलि बिहान ९ बजे आफू पक्षीय केन्द्रीय सदस्य, निर्वाचित जिल्ला सभापति, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासीसहितको बैठक बस्ने र सो बैठकले साझा उम्मेदवार तय गर्ने नेता बद्री पाण्डेले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप