बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

साउथ सुपरस्टार विजयको वसन्तपुरमा ‘भागदौड’

मङ्गलबार, २१ मङ्सिर २०७८, १९ : १६
मङ्गलबार, २१ मङ्सिर २०७८

दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी अहिले काठमाडौँमा छन् । हिन्दी वेब–सिरिज ‘फेक’ सुटिङका लागि उनी गत शनिबार नेपाल आएका हुन् ।

यही सिरिजका बलिउडका कलाकार केके मेनन भने शुक्रबार नेपाल आएका थिए । शनिबार देखिनै वसन्तपुर आसपासका स्थानमा छायाङ्कन भएको वेब सिरिजको आज मंगलबारबाट नेपाल छायाङ्कन सकिएको युनिटका सदस्य दिलिप पनतले बताए ।

सिरिजको वसन्तपुर क्षेत्रमा एक्सन, भाग दौडलगायतका दृश्यहरु छायाङ्कन गरिएको छ । उनीहरूको सुटिङ हेर्न दैनिक सर्वसाधारणको बाक्लो भिड समेत लाग्ने गरेको थियो । सुटिङका क्रममा विजय र केकेले नेपाली फ्यानसँग फोटो समेत खिचाएका छन् । सर्वसाधारणले उनीहरूसँग खिचाएको तस्बिर अहिले सामाजिक सञ्जालमा समेत देख्न सकिन्छ । सिरिज छायाङ्कनका लागि नेपाल आएका विजय सेतुपाथी र केके मनन भोलि भारत फर्कनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप